पोखरा, २८ पुस । पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ।
विश्वविद्यालय अनुदान आयोगका अनुरार देशभरिका ३० वटा सरकारी, सामुदायिक तथा निजीस्तरका उच्च शैक्षिक संस्थाहरुले यसप्रकारको प्रमाणपत्र प्राप्त गरेका छन् । यो आयोगद्वारा बनाइएको निश्चित मापदण्ड पूरा गरेपछि मात्र प्रदान गरिँदैआएको छ ।
सो प्रमाणपत्र प्राप्त गर्न गत वर्ष आयोगबाट आशयपत्र प्राप्त गरी अंग्रेजी विभागका सहप्राध्यापक डा मीन पुनको संयोजकत्वमा एकाइ गठन गरी क्यूएए प्रक्रियाको थालनी गरिएको थियो। संयोजक डा पुनका अनुसार गुणस्तरीयताको प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले आयोगमा मूल्यांकनका लागि स्वअध्ययनको जेठमा प्रतिवेदन बुझाएकोमा त्रिवि पूर्व उपकुलपति प्राडा कमलकृष्ण जोशीको संयोजकत्वमा सहमूल्यांकन टीमले भदौ र मंसिर महिनाम क्याम्पस अवलोकन तथा मूल्यांकन भ्रमण गरेको थियो ।
विश्वविद्यालय अनुदान आयोगको कार्यालय सानोठिमीमा आयोजित कार्यक्रममा पीएनसहित कीर्तिपुरमा रहेको वनस्पतिशास्त्र केन्द्रिय विभाग, उदयपुरमा रहेको त्रियुगा जनता क्याम्पस, बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस पनि थिए।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका लागि सहमूल्यांकन गर्न गठित टीमका संयोजक प्राडा जोशीले पृथ्वीनारायण क्याम्पस आफैमा एक विश्वविद्यालय रहेको र हरेक दृष्टिकोणले सम्पन्न रहेकाले हामीले गुणस्तरको प्रमाणपत्र दिनुपर्छ भनेर सिफारीस गर्नमा कुनै द्विविधा नरहेको विचार व्यक्त गरे।
पीएन क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले ज्ञानबिनाको व्यक्ति र गुणबिनाको संस्था काम नलाग्ने हुनाले सो प्रक्रिया थालनी गरिएको बताए । डा पुनले इमान्दारीपूर्वक आफ्ना मातहतका टीमहरुलाई सक्रिय बनाई यो उपलब्धि प्राप्त गर्न सफल भएको र आगामी दिनमा उच्च शिक्षामा गुणस्तरीयता कायम राख्ने कुरामा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। स्मरणरहोस् २०७५ सालको शिक्षा दिवस उपलक्ष्यमा नेपाल सरकारबाट पृथ्वीनारायण क्याम्पस देशभरिको आंगिक क्याम्पसमध्ये उत्कृष्ट घोषित भएको थियो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९