रूपामा लागुपदार्थ दुव्र्यसनविरुद्ध अभियान

आदर्श समाज सम्वाददाता
पौष २९, २०७५
CDO & Health Coordinator 2_Fotor

पोखरा, २८ पुस। रूपा गाउँपालिका लागुपदार्थ दुव्र्यसनीविरुद्धको विद्यालयस्तरीय सचेतना अभियानमा अघि बढेको छ । युवापुस्तामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकता दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का विद्यार्थी लक्षित गरी सो कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिकाका कुल १० वटा सामुदायिक विद्यालयका ३ सय ५२ जना विद्यार्थीमा दुव्र्यसनी परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “प्रारम्भिक रुपमा गरिएको पिसाब परीक्षणमा २४ जना विद्यार्थी दुव्र्यसनमा लागेको पाइयो,” उनले भने । गाउँपालिका स्वास्थ्य संयोजक आनन्दलाल जोशीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले गाउँपालिकालाई शुरुवातमा ३ सय किट्स उपलब्ध गराएको हो। टेष्ट क्यासेट युरिन (टीएचसी) यन्त्र युरोपबाट झिकाइएको प्रहरीले जनाएको छ।

मेरिजुआना टीएचसी–५० नामको उक्त यन्त्रमार्फत व्यक्तिको मूत्र परीक्षण गरेर व्यक्ति लागु पदार्थ दुब्र्यसनी हो–होइन भन्ने रिपोर्ट दिन्छ। उक्त यन्त्र एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोगमा नआउने स्वास्थ्य संयोजक जोशीले जानकारी दिए।

गाउँपालिकाभित्र लागुपदार्थ दुव्र्यसनीले विकराल रुप लिनुभन्दा पहिले नै यसतर्फ सम्भावित र लक्षित वर्ग जोगाउने उद्देश्यले सचेतना कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष ओझाको कथन थियो। ‘लागुपदार्थ दुव्र्यसनी समस्यालाई गाउँपालिकाले ब्यहोर्न नपरोस् भनेर यसको न्यूनिकरणभन्दा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीबीच सचेतना कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘विद्यार्थीबाटै यस्तो अभियानलाई सफल बनाउन सक्यौं भने उसको परिवार, समाज र देशलाई समुन्नत बनाउन सकिन्छ भन्ने गाउँपालिकाको उद्देश्य छ।’

प्रहरीसँगको साझेदारीमा रुपा गाउँपालिकाले थालेको सो अभियानमा गाउँपालिकाले विद्यालयका शिक्षकशिक्षिका, विद्यालय व्यवस्थापन समिति र अभिभावक वर्गको सहयोग लिने अध्यक्ष ओझाको भनाइ छ।

ओझाले कार्यक्रमका रुपमा विद्यालय र समुदायमा किट्समार्फत परीक्षणका कार्यक्रम लिएर आएको बताए। गाउँपालिकाले नीतिगत निर्णय गरेर गाउँपालिकाभित्र रहेको १० वटा माविस्तरिय विद्यालयहरुमा नियमित रुपमा यस्तो कार्यक्रम लागू गर्ने ओझाले उल्लेख गरे। पहिले तथ्याङ्कीय रुपमा प्रयोग गर्ने र त्यसको परिणामका लागि समय समयमा परीक्षणलाई निरन्तर कायम राख्ने ओझाको भनाइ छ।

‘अभियानको शुरुवातमा समूहमा सचेतना कार्यक्रम गछौ,’ उनले भने, ‘प्रहरीको सहयोगमा विदेशबाट किट्स झिकाएर परीक्षण गछौ। परिणाम राम्रो नआए, लागुपदार्थ प्रभावितलाई काउन्सिलिङलगायत विद्यालयको सहयोगमा सुधार केन्द्रसम्म पठाउनेछौं।’

बाटोघाटो, शिक्षा स्वास्थ्य लगायत समग्र विकास निर्माणका कार्यहरु गर्दै जाँदा लागुपदार्थ दुव्र्यसनी तथा लैङ्गिक हिंसाबाट समेत गाउँपालिकालाई मुक्त गराउने उद्देश्यअनुसार यस्तो अभियान थालेको अध्यक्ष ओझा बताउँछन्। गाउँपालिकाभित्रका युवा तथा विद्यार्थीलाई अन्धकारको बाटोबाट बचाउन सकेमात्रै स्मार्ट, समुन्नत एवं विकसित गाउँपालिका बनाउन सकिने अध्यक्ष ओझाको कथन छ।

गाउँपालिका वडा ५, देउरालीस्थित विश्वशान्ति मावि र वडा ६ को भिचोर्कस्थित चन्द्रप्रभा माविबाट गाउँपालिकाले बिहीबारबाट दुव्र्यसनी तथा लैङ्गिक हिंसाविरुद्धको विद्यालयस्तरिय सचेतनामुलक कार्यक्रम शुरु गरेको हो। यस्तो अभियान नेपालमै पहिलो पटक भएको अध्यक्ष ओझाको दाबी छ। अभियानले ६ महिनामै राम्रो परिणाम दिने ओझाले आशा व्यक्त गरे। उनले लागुपदार्थबाट बच्न र कुलतबाट हुने हानी नोक्सानीबारे आफ्नो घरपरिवार, छिमेक र समाजलाई युवा तथा विद्यार्थीले बुझाउनुपनेर्मा जोड दिए।

लागुपदार्थ नियन्त्रणका लागि गाउँपालिकाले सचेतना कार्यक्रमका लागि  जिल्लास्थित सम्बन्धित निकायका प्रमुखहरुलाई सहभागी गराइएको थियो।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगर, जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधीवक्ता गुरुप्रसाद वाग्लेले फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रजिअ बुढाले गाउँपालिका स्वास्थ्य संयोजक नन्दलाल जोशीलाई उपकरणसहित फाइल हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width