खैरेनीटार, २६ पुस। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा आदिवासी जनजाति शुक्लागण्डकी सांस्कृतिक महोत्सव–२०७५ खैरेनीटारमा शुरु भएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विहीवार महोत्सव उद्घाटन गर्दै कुनै जात, वर्ग, समुदायमात्र समृद्ध भएर मुलुक समृद्ध नहुने बताए। उनले राष्ट्रिय एकताको आधार भनेकै विविधता रहेको बताए।
मन्त्री गुरुङले भने, ‘नेपाल भनेको इन्द्रेणीजस्तो हो, यसलाई फुटायौं भने हामी सबै समाप्त हुनेछौं । त्यसैले समृद्धिको लागि उत्पादनसँग जोडिनुपर्छ ।’
नगरपालिका प्रमुख किशान गुरुङले आदिवासी जनजाति पछाडि पर्नुका कारण र त्यसको समाधानको उपाय खोज्नु पर्ने बताए। उनले महोत्सवले लोप हुन लागेका भाषा, संस्कृति जोगाउने कार्यमा भूमिका खेल्न अनुरोध गरे।
महोत्सवका निदेर्शक खिमबहादुर कुमालले महोत्सवको आयोजक आदिवासी जनजाति भए पनि सबैंको महोत्सव भएको बताए।
कार्यक्रममा नेकपाकी रेखा थापा बस्याल, नेपाली काँग्रेसका जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, शुक्लागण्डकी ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बराम, जनजाति महासंघकी जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, तनहुँ उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिबहादुर थापा, खैरेनीटार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामचन्द्र उपाध्याय, खैरेनीटार बजार इकाइका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्तिका जिल्ला अध्यक्ष भुवनसिंह आले लगायतले बोलेका थिए।
महोत्सव सहआयोजकमा शुक्लागण्डकी नगरपालिकामा रहेका नेपाल मगर संघ, तमु ह्यूल छोंजधिं, देयः देवु नेवाः खल, भुजेल समाज सेवा समिति, नेपाल कुमाल समाज, तामाङ घेदुङ, मार्फा थकाली समाज सेवा सदन, राई समाज शुक्लागण्डकी नगरपालिका रहेका छन्।
महोत्सव उद्घाटन अघि विभिन्न झाँकी र बाजागाजा सहितको र्याली बेलचौतारा, खैरेनीटार बजारहुँदै महोत्सवस्थल प्रवेश गरेको थियो।
महोत्सवमा नेवार, मगर समुदायको स्वागत गीत र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो।
“अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासी जनजातिको अभियान” भन्ने मूलनाराका साथ शुरु महोत्सव माघ ६ सम्म सञ्चालन हुनेछ।
महोत्सव मूल संयोजक विमल जिसीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रवक्ता मनबहादुर पुन र सञ्चालन सिर्जना राना र सचिव सुमन आलेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०