पोखरा, २६ पुस । साढे ३ महिनापछि गण्डकी प्रदेशको हिउँदे अधिवेशन पुस २३ गते शुरु भयो । पहिलो बैठक भएकोले सबै पार्टीका संसदीय दलका नेताले बैठकलाई सम्बोधन गरे । त्यसपछि सांसद टेकबहादुर घर्तीको निधनमा श्रद्धाञ्जली दिएर बैठक स्थगित भयो । तीन दिनपछि पुनः विहीवार दोश्रो बैठक बस्यो । तर ५ मिनेट पनि बैठक चलेन ।
बर्खे अधिवेशनमै टेवुल भएर सामान्य छलफल पछि विधायन समितिमा पठाईएका दुई विधेयक सदनमा फिर्ता भयो । केही संशोधनसहित समितिले विधेयक सदनलाई फर्कायो । दुई विधेयक टेवुल हुनेवित्तिकै बैठक १२ दिनका लागि स्थगित भएको छ ।
भदौ ३१ गते सदनमा टेवुल भएको सहकारी विधेयक र असोज १ गते टेवुल भएको वरपीपल र चौतारो संरक्षण विधेयक विधायन समितिले दफावार छलफल गरेर संशोधनसहित सदनमा पेश गरेको हो । विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरे ।
सरकारले विधेयक नदिएकोले सदन चल्न नसकेको प्रदेशसभा सचिव शम्भुबहादुर खड्काले बताए । ‘सरकारले विधेयक दिएको छैन । पुरानो विधेयक विधायन समितिबाट संसदमा फिर्ता आएको छ,’ उनले भने, ‘बिजनेस नभएपछि सदन बस्न सक्दैन ।’
सरकारका प्रवक्ता रामशरण बस्नेतले चाहीँ पहिलेको विधेयक टुंगिने बेलासम्म अरु विधेयक पनि सचिवालयमा दर्ता हुने बताए । ‘विधेयक तयार छ । अब प्रदेशसभा सचिवालयमा दर्ता गछौर्ं,’ उनले भने, ‘सदनमा भएका बिधेयक पास हुँदासम्म सरकारले अरु विधेयक पठाइसक्छ ।’
सरकारले ८ वटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरेर प्रदेशसभामा पठाउन ठिक्क पारेको छ । तर ती विधेयक अहिलेसम्म प्रदेशसभा सचिवालयमा दर्ता भएका छैनन् ।
प्रदेशसभाको विहीवारको बैठकले बागलुङ निर्वाचन क्षेत्र २ (ख) मा जनप्रतिनिधि रिक्त रहेको घोषणा गरेको छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेशतर्फको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी गराएका हुन् । त्यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीमगरको मंसिर २७ गते उपचारक्रममा निधन भएको हो ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविमा बस सेवा
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सुनास कास्कीको साधरणसभा
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
पोखरामा सुनिए कवि मञ्जुल
hero news full width
मुख्य समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०