लमजुङ, २५ पुस। नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले निजी क्षेत्रबाट शिक्षाको क्षेत्रमा पुर्याएको योगदान व्यवसायीमुखी नभई सेवामुखी हुनुपर्ने बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), लमजुङद्वारा आयोजित २९औँ प्याब्सन दिवस समारोह उद्घाटन गर्दै गुरुङले सो धारणा व्यक्त गरेका हुन्।
गुरुङले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको तर त्यो व्यापार तथा मुनाफामुखी नभई सेवामुखी हुनुपनेर्मा जोड दिए। उनले राज्यले संस्थागत विद्यालयलाई सहयोग गरे निजी विद्यालयको शिक्षाले थप गति लिने विश्वास व्यक्त गरे।
प्याव्सन लमजुङ अध्यक्ष मेन घलेको अध्यक्षतामा भएको कार्यक्रममा वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, मस्र्याङदी गाँउपालिकाका प्रमुख अर्जुन गुरुङ, जिल्ला शिक्षा इकाइ प्रमुख नारायण रेग्मी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा प्याब्सन लमजुङले वर्षभरी सञ्चालन गरेको ४७ वटा क्रियाकलापका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
यस्तै, उत्कृष्ट शिक्षक तथा विद्यार्थीका साथै राम्रो विद्यालय व्यवस्थापन गरी शैक्षिक उन्नयनमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो।
अतिरिक्त क्रियाकलाप आधारमा भूपू सैनिक आवासीय मावि वेशीशहर १ सय ९ अंकका साथ पहिलो भएको छ।
प्याब्सन लमजुङ उपाध्यक्ष ईश्वर पौडेलले स्वागत मन्तव्य राखको कार्यक्रमको संचालन सचिव ज्ञानेन्द्र शर्माले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९