लेखनाथ, २५ पुस। राष्ट्रिय परोपकार महासंघ नेपालको अग्रसरतामा गत मंसिरमा बेगनासताल किनारामा संचालित श्रीमद्भागवत् ज्ञानमहायज्ञमा १ करोड ६ लाख रुपैयाँ संकलन भएको छ ।
मंसिर २२ गते देखि २९ गतेसम्म आयोजित महायज्ञको आम्दानी खर्च विवरण बुधबार सार्वजनिक गर्दै संस्थाका कोषाध्यक्ष गंगाराम सुवेदीले महायज्ञमा संकलित सो रकममा खर्च कटाइ ७४ लाख ६५ हजार रुपैयाँ बचत हुन भएको जानकारी दिए ।
बेगनासताल क्षेत्रको विकासमा पूर्वधार निर्माण गरी उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने र सकारात्मक कुराको ज्ञान दिने उद्देश्यले
संचालित श्रीमद् भागवत ज्ञान महायज्ञमा जग्गा समेत प्राप्ति भएकाले सो को समेत मुल्याङकन गर्दा करिब एक करोड ५० लाख बरावरको रकम संकलन भएको आयोजहरुको दाबी रहेको छ।
महायज्ञ मूलसमारोह समिति अध्यक्ष डिल्लीरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा भागवत्भाष्कर कमलनयन गौतमले जुन उद्देश्यले भक्तजनमा मन फुकाएर सहयोग गरेका छन्, सोे दयालु मनको चाहना पूरा गर्ने गरी गुरुयोजना बनाएर निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
बेगनासतालमा विभिन्न कालखण्डमा डुबेर ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै पितृउद्दार धार्मिक कार्यअन्तर्गत महायज्ञ गरिएको थियो।
कार्यक्रममा आयोजक संस्थाका महासचिव धु्रवनाथ अधिकारीले कार्यक्रमको उपयोगिता र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।
पोखरा महानगरपालिकाका कानूनी सल्लाकार राममणि अधिकारीले स्वागत मन्तव्य राख्दै योजना मुताविकै काम हुनेमा विश्वास दिलाए।
सोही अवसरमा इलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङ्गत बराल, महिला परिचालन उपसमितिकी संयोजक शान्ति खनाल, दानवीर दयाराम तिवारी, वडा ३१ का वडा सदस्य विष्णुवहादुर भुजेल र महायज्ञ सहसंयोजक तीर्था बरुवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०