२९ औं प्याब्सन दिवसमा सम्मान

आदर्श समाज सम्वाददाता
पौष २६, २०७५

पोखरा, २५ पुस । निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनको २९ औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस वर्ष आफ्नो रजतजयन्ती मनाइरहेका प्याब्सन कास्कीआवद्ध ६ वटा विद्यालय केफ मावि, पोखरा–१, भास्कर मेमोरियल स्कूल, पोखरा–११, गोल्डन फ्युचर बोर्डिङ स्कूल, पोखरा–१५, रिभरडेल स्कूल, पोखरा–१६, फिस्टेल एकेडेमी, पोखरा–१७ र धवलागिरी बोर्डिङ स्कूल, पोखरा–२५ लाई विशेष सम्मान गरियो।

यस्तै, गत वर्ष एसइईमा सवोर्त्कृष्ट ग्रेड ४ जिपिए ल्याउन सफल मदरल्याण्ड माविका वर्षा बराल, झरना पौडेल, कृति बराल, प्रसास पौडेल, राजेश अधिकारी, रञ्जनकुमार यादव र सफल सुवेदी, न्याशनल इन्भेन्टिभ आवासीय माविका रजनी शाही र दीक्षा राजभाट, फिस्टेल एकेडेमीका शुसान्त रानाभाट, सृजना माविका प्रकृति अधिकारी, कुमुदिनी होम्स माविका दीक्षा अधिकारी र अनिश पौडेललाई सम्मान गरियो।

यसैगरी, निजी शैक्षिक संस्थामा निरन्तर २० वर्ष निरन्तर कार्यरत शिक्षक कर्मचारीको प्रयासलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको छ । सम्मानित हुनेमा ताराकुञ्ज सेकेण्डरी स्कूलबाट ज्योति त्रिपाठी, न्यू एरा एकेडेमीबाट गीता भुजेल, रिभरडेल स्कूलबाट विष्णुप्रसाद लामिछाने, प्रगति माविबाट रामजी नेपाली, सरस्वती आदर्श विद्याश्रमबाट शोभा गुरुङ र विष्णु गुरुङ, नीलगिरी बोर्डिङ स्कूलबाट ढाकाराम रेग्मी र वसन्त सिग्देल, भ्यू पोइन्टबाट चित्रबहादुर गुरुङ, शिशु निकेतनबाट धनकुमारी क्षेत्री, मदरल्याण्ड माविबाट केशु शर्मा, विन्दा मल्ल, विष्णुमाया पौडेल, विन्ध्येश्वरी मल्ल राणा, जमुना गुरुङ, टप्सबाट खडकबहादुर गुरुङ, तारामाया गुरुङ, सोम तामाङ, फिस्टेलबाट राजा मुखिया र अम्बिका बस्नेत शिवाकोटी, फेवा पब्लिकबाट कमला थापा, शान्ति निकुञ्जबाट उदयकुमार थापा, ज्ञानुबाबाबाट सीताकुमारी क्षेत्री, सृजनाबाट प्रितम शंकर, धवलागिरीबाट नीरकुमारी ढुङ्गाना र सीता तिमिल्सिना, बेसलाइन एकेडेमीबाट कृष्णराज भट्टराई र सरस्वती माविबाट टीकाराम सुवेदी छन् ।

प्याब्सन, कास्की अध्यक्ष प्रेमप्रसाद शर्मा सुवदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताइन् ।

कार्यक्रममा प्याब्सन, गण्डकी प्रदेश अध्यक्ष माधवशरण उपाध्याय, नेपाल उद्योग वाणिय महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइराला, पोखरा उद्योग वाणिय संघका दामु अधिकारी, लेखनाथ उद्योग वाणिय संघका कृष्ण हरि भण्डारी, एन प्याब्सन उपाध्यक्ष केशवशरण पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, राष्ट्रिय परीक्षा बोर्ड पोखरा शाखाका प्रमुख विष्णुनारायण श्रेष्ठ, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम आचार्य, प्याब्सन, कास्कीका प्रमुख सल्लाहकार दिनेशकुमार श्रेष्ठले मन्तब्य राखेका थिए ।

यस्तै, नेकपा प्रतिनिधि युवराज पौडेल, नेपाल शिक्षक संघ, कास्कीका अध्यक्ष रमेशमोहन भट्टराई, प्याब्सियू केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्याय र सम्मानित शिक्षक/कर्मचारीतर्फबाट नीरकुमारी ढुङ्गानाले मन्तब्य राखेका थिए।

प्याब्सन, कास्कीका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा विष्णुप्रसाद तिमिल्सिनाले सञ्चालन र कार्यक्रम संयोजक उमा लामिछानेले धन्यवाद ज्ञापन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width