हेमजा, २५ पुस। अम्बिका माध्यमिक विद्यालय, पोखरा २५, सुइँखेतको ५१ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम पुरस्कार वितरण समारोह मंगलवार सम्पन्न भयो।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा विकास निदेर्शनालय उपसचिव तिलकप्रसाद सिलवालले व्यवहारिक शिक्षामा जोड दिए ।उनले कतिपय सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमका नाममा विद्यार्थीसँग शुल्क लिने गरेको औँल्याउँदै त्यसलाई तत्काल बन्द गर्नुपनेर्मा जोड दिए।
उपसचिव सिलवालले अम्बिका माविमा प्राविधिक शिक्षा संचालन भएकोमा खुसी व्यक्त गर्दै गत वर्ष विद्यालयमा भएको महायज्ञबाट संकलित रकमको सदुपयोग गरिनुपर्ने बताए।निजी स्रोतबाट प्राविधिक शिक्षा चलाउन गाह्रो हुने तर्क पेश गरेका सिलवालले सो अवसरमा विद्यालयको स्वर्णजयन्ती स्मारिका लोकार्पण र वेवसाइट पनि लञ्च गरे ।
गत वर्ष आयोजित स्वर्ण महोत्सव अध्यक्ष शोभाकर भण्डारीले सरोकारवालाको अथक प्रयासबाट महोत्सव सम्पन्न गरिएको जानकारी दिँदै आगामी चार वर्षलाई प्राविधिक शिक्षालय वर्ष घोषणा गर्न सबैमा अनुरोध गरे। महायज्ञ संयोजक केशवराज भण्डारीले विद्यालयको हितका लागि यज्ञ गरिएको भन्दै सबैको भावना विद्यालयको विकास तर्फ हुनुपर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि नेत्रपाणि भण्डारीले विद्यालयका संस्थापकप्रति आभार प्रकट गर्दै जग्गा चक्लाबन्दी गर्ने कार्य तथा प्राविधिक शिक्षाको शुरुवात भइसकेको बताए ।उनले अब युवापुस्ताले विद्यालय संचालनको जिम्मेवारी लिनुपर्ने जनाए।
विद्यालयको गुरुयोजना निर्माण समिति अध्यक्ष तीर्थ लुइँटेलले प्राविधिक धारतर्फ प्रयोगशाला र शिक्षक व्यवस्थापन विद्यालयको प्रमुख चुनौती बनेको औँल्याए।
सो अवसरमा गायक ऋषि अधिकारी, महायज्ञका कोषाध्यक्ष नवराज अधिकारी, शिक्षक रामचन्द्र पराजुली, सम्मानित कमलप्रसाद अधिकारी लगायतले पनि बोलेका थिए।विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानाध्यापक ओमप्रसाद पौडेलले यस वर्षलाई शैक्षिक अभिवृद्घि वर्ष घोषणा गरी कार्यान्वयन गरिएको बताए । प्राविधिक धार व्यवस्थापन गर्नु तथा आफ्नै यातायातको प्रबन्ध मिलाउनु विद्यालयको हालको मुख्य चुनौती रहेको उनको ठहर थियो।
कार्यक्रमबीच विद्यालयलाई विशिष्ट योगदान पुर्याएकोमा जग्गादाता कमलप्रसाद अधिकारी, आजीवन सेवक पूर्णलाल भण्डारी, संस्थापक ठाकुरप्रसाद भण्डारी, पूर्व अध्यक्षत्रय नेत्रलाल भण्डारी, केदारनाथ अधिकारी र अर्जुन पौडेल, सहयोगी संस्था फन नेपाल, स्वर्ण महोत्सवका अध्यक्ष शोभाकर भण्डारी, गुरुयोजनाका अध्यक्ष तीर्थ लुइँटेल, शिक्षकत्रय झलक रानामगर, मित्रलाल पौडेल र मीना सापकोटालाई सम्मान पनि गरियो।
सो अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार वितरण, ११ वटा छात्रवृत्ति वितरण गरियो । कार्यक्रममा कैलाश विकास बैंक हेमजा शाखाबाट प्रदान गरिएको छात्रवृत्ति पनि वितरण गरिएको थियो।
विद्यार्थी शिवानी लिम्बु, कुसुम थापामगर, गायक ऋषि अधिकारी लगायतले प्रस्तुति राखेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी रक्षा थापामगर र शैक्षिक प्रमुख मित्रलाल पौडेलले स्वागत र शिक्षिका मीना सापकोटाले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०