काठमाडौँ, २४ पुस । मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ ।
यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । मनाङले लिगको अन्तिम खेलमा भने आज फ्रेन्ड्ससँग पराजित भयो ।
दुई खेल अगावै च्याम्पियन बनेको मनाङले आज लिग समाप्तिसँगै उपाधि उचालेको हो । मनाङले उपाधिसँगै रु ५० लाख पनि प्राप्त गरेको छ । लिगको उपविजेता सङ्कटा क्लबले ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले २५ लाख प्राप्त गरेको छ ।
लिगको चौथो बनेको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौ स्थानका एपिएफले सात लाख र छैटौं स्थानका नेपाल पुलिसले पाँच लाख प्राप्त गरेका छन् । त्यसैगरी फेयर प्ले टोली घोषित हुँदै ब्रिगेड ब्वाइजले एक लाख प्राप्त गरेको छ ।
लिगको उत्कृष्ट पाँच विधाको तीन विधामा मनाङले बाजी मारेको हो । अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिएका छन् । प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक÷एक थान पल्सर मोटरसाइकल र जनही रु ५० हजार प्राप्त गरेका छन् ।यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले रु एक लाखसहित ‘मणिबिक्रम शाह युवा खेलाडी’ अवार्ड प्राप्त गरे ।
विजेता टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे।
लिग भदौ १३ गतेदेखि शुरु भएको थियो । राउण्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा कुल ९१ खेल भएका थिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।लिगमा मछिन्द्र क्लब र न्युरोड टीम एनआरटीले ऋण अंक बोेकेका छन् । मंगलबार सम्पन्न लिगमा तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अंक बोकेका हुन् । एन्फाले यस पटक लिगमा रेलिगेशनको व्यवस्था गरेको थिएन । तर लिगको अन्तिम दुईमा रहने टोलीलाई ऋण अंको व्यवस्था गरेको थियो ।
एन्फाका अनुसार तालिकाको पुछारको टोलीले दुई अंक र पुछारबाट दोस्रो हुने टोलीले एक अंक ऋण बोक्ने छ ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९