नेपालकेशरी डा. मणिभद्रको बिदाइ

“साधुसन्तहरु सम्प्रदायभन्दा माथि उठ्न सक्नुपर्छ”

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
Dr Mani Bhadra MahaRaj_Fotor

पोखरा, २४ पुस । मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनीजी महाराजको बिदाइ गरिएको छ । नेपालको दुईवर्षे बसाइँ तथा दुई चतुर्मास सकेर उनी मंगलबार भारतको दिल्लीको लागि काठमाडौं प्रस्थान गरे।

पोखरामा भएको बिदाइ समारोहमा उनले मस्तिष्कभित्र नराम्रो विचार आउन नदिन सम्पूर्णमा आग्रह गरे ।  ‘राम्रा विचार आउन नसक्नु नै कसैको मस्तिष्कमा नराम्रा विचार रहेर हो,’ उनले भने, ‘नेपालको पहाडी भूभागमा गएर हेरौं, सम्पूर्ण धर्ती हरियालीले भरिएको छ तर त्योे हरियाली भूमिमा अन्न छैन । त्यहाँ अनावश्यक घाँस र झारपात छन् । हाम्रो मस्तिष्कमा पनि राम्रा विचार रोप्न सकेनौं भने नराम्रा विचारले ठाउँ पाउँछ । नराम्रा विचारले अरुलाई होइन स्वयंलाई नराम्रो बनाउँछ ।’ स्वध्ययन, सत्संगले राम्रा विचार आउने उनको तर्क छ । उनले साधुसन्त कुनै सम्प्रदायको नहुने स्पष्ट पारे । उनले ऋषि, साधु, सन्त सम्प्रदायभन्दा माथि उठ्नुपने बताउँदै महापुरुषहरुले दिने ज्ञान सम्पूर्ण मानव र समाजका लागि दिने ज्ञान रहेको चर्चा गरे । सम्प्रदायभन्दा माथि उठ्न व्यत्तिरु स्वयंं आफै असल बन्नुपने उल्लेख गरे ।

‘ऋषि, साधु, सन्तहरु सम्प्रदायभन्दा माथि उठ्न सक्नुपर्छ,’ उनले भने, ‘महावीरका सन्देश जैनहरुका लागि होइन । बुद्धका सन्देश बौद्धहरुका लागि मात्र होइन । गीतामात्रै एउटा सम्प्रदायशास्त्र होइन । महापुरुषहरुले जति पनि ज्ञान अरुलाई दिन्छन्, त्यो सम्पूर्ण मानव र समाजका लागि दिइएको ज्ञान हुन्छ ।’

प्रतिनिधिसभा सदस्य एवं समाजसेवी सूर्यबहादुर केसीले नेपालकेशरी डा मणिभद्र मुनीजी महाराजको पोखरामा धेरै योगदान रहेको चर्चा गरे । केसीले गुरु महाराजको अनुपस्थितिमा पनि आश्रममा मानव सेवासम्बन्धी कार्यक्रम र गतिविधि नियमित हुनुपनेमा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गुरु महाराजको सत्संगबाट सत्कार्यमा लाग्ने प्रेरणा मिलेको उल्लेख गरे । गुरुको सत्संगबाट पोखराको सञ्चार क्षेत्रले समेत लाभ लिएको बास्तोलाको भनाइ थियो ।

ब्राह्मण समाज नेपालका संस्थापक अध्यक्ष डा नारायण अधिकारीले मानव मिलनको विश्वब्यापीरुपमा अभियान चल्नुपने बताए । उनले व्यक्तिलाई भन्दा विचारलाई आत्मसाथ गरेर त्यही किसिमको आचरण बन्नुपनेमा जोड दिए ।

कार्यक्रममा काँग्रेसका युवा नेता गुरुप्रसाद बराल, सनातन धर्म सेवा समितिका रवीन्द्र माकाजू, मानव मिलन सेवा समिति लेखनाथका महासचिव गुरुप्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिकारकर्मी रामबहादुर पौडेल, स्याङ्जा आरुखर्क–पोखरा सम्पर्क समाज अध्यक्ष टीकाराम पौडेल, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अध्यक्ष महेश पराजुली, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मा, नेपाली काँग्रेस पोखरा नगर समिति सचिव सरोजनारायण बराल, पत्रकार गीता विष्ट लामिछाने र कवि पुष्प बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदीले अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाकी सल्लाहकार सावित्री शर्माले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width