पोखरा, २४ पुस। नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी चयन भएका छन्।
उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमिति उपसभापतिमा हरिप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद लम्साल, उपसचिव दुर्गाबहादुर बराल, कोषाध्यक्ष विजयकुमार शाही र उपकोषाध्यक्ष लक्ष्मी अधिकारी छन्।
सदस्यमा शिवराम भण्डारी, रवीन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी, दीपेन्द्र बराल छन्। एक सदस्य सभापतिले मनोनीत गने व्यवस्था छ। निवर्तमान सभापति, वडाका जनप्रतिनिधि एक जना र जिल्ला कार्यसमितिका एकजना सदस्य पदेनसदस्य रहने व्यवस्था छ।
उक्त अवसरमा उपशाखाको नवनिर्मित भवन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे। मेयर जिसीले मानवीय सेवाका कार्य गने संस्थाको आफ्नै भवन हुनु राम्रो रहेको उल्लेख गरे।
उपशाखाले २०६६ सालमा ६ आना दुई पैसा दुई दामको क्षेत्रफल भएको जग्गा केन्द्रीय कार्यलयबाट भवन निर्माणको लागि स्वीकृती पाएको र २०६७ सालमा शिलान्यास भएको अध्यक्ष तीर्थराज अधिकारीले बताए।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डे, रेडक्रस सोसाइटी गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकाल, पोखरा–३१ उपशाखाका सभापति रुद्रनाथ अधिकारी, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भूपति ढकाल ‘कमल’, छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चूडामणि बराल, रेडक्रसकर्मी डिल्लीराम बराल, नेकपा पोखरा–१७ का अध्यक्ष सुवास ढुंगाना, काँग्रेस पोखरा–१७ का सभापति देवराज आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।
रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती’ स्मारिकाको विमोचनसमेत गरिएको थियो। कार्यक्रममा निवर्तमान सचिव हरिप्रसाद श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उर्मिला खड्का भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभापति तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति झपिन्द्रराज रेग्मीले स्वागत, विशिष्ट सदस्य लक्ष्मी अधिकारीले सात सिद्धान्त वाचन र सचिव हरिप्रसाद श्रेष्ठले संचालन गरेका थिए। कार्यक्रम पूर्व प्रभातफेरी गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९