पोखरा, २४ पुस । पोखरा वडा १३ ले स्वरोजगार कार्यक्रमअन्तर्गत १३ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ ।
पोखराकै कान्छो वडाध्यक्ष दर्शन लामाले हरेक वर्गमा आर्थिक समृद्धि गने उद्देश्यले सोमबार सुधारिएको आरनका समाग्री वितरण गरेका हुन् ।
वडाको स्वरोजगार कार्यक्रमअन्तर्गत सो समग्री वितरण गरेपछि आत्मनिर्भरतामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
वडाध्यक्ष लामाले आरनमा आवश्यक सामग्री क्रमशः ठूलो घन, सानो घन, सन्नसो र हावा तान्ने फाल्ने मेसिन वितरण गरेका हुन् । स्वरोजगार कार्यक्रमअन्तर्गत आरनमा काम गने व्यक्तिलाई व्यवस्थित र स्थापित गर्न सामग्री वितरण गरिएको उनले बताए ।
कार्यक्रम संयोजक वडा सदस्य कमला विश्वकर्माले परम्परागत रुपमा गदै आएको पेशाको निरन्तरता र संरक्षण गने उद्देश्यले सामाग्री वितरण गरिएको भनिन् ।
वडा सदस्य टंकप्रसाद भट्टराईले यस्ता समाग्री वितरणले आफ्नो जीवन निर्वाह गर्न सहज हुने बताए । वडाले गत कात्तिक दोस्रो साता पञ्चेबाजा वितरण गरेर संस्कृति संरक्षण गर्नुका साथै आत्मनिर्भरमा ठूलो टेवा पुर्याएको थियो ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०