प्रकाश ढकालपोखरा, २३ पुस। गत वर्ष मनाङ (ख) बाट निर्वाचित भएपछि राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पहिलो पटक प्रदेशसभा परिसर छिरेका छन्।
सांसद निर्वाचित भएलगत्तै कत्र्तब्य ज्यान मुद्दामा कारागार पठाइएका उनलाई पुस ६ मा सवोर्च्च अदालतको आदेशमा थुनामुक्त गरिएको थियो। थुनामुक्तपछि उनले पुस १२ मा सांसदको शपथका लागि प्रदेशसभामा निवेदन दिए। पटक–पटक छलफल गरेपछि आइतबार कार्य व्यवस्था परामर्श समितिको सुझावमा सभामुख नेत्रनाथ अधिकारीले मनाङ्गेको शपथ नगराउने निर्णय सुनाए।
सभामुख अधिकारीको निर्णयपछि गुरुङ आइतबार रातारात काठमाडौंबाट पोखरा आए। सोमबार बिहानै उनी प्रदेशसभामा गए। सभामुखसँग डेढ घण्टाजति वातचित गरेपछि उनी प्रदेशसभाबाट बाहिरिएका थिए। सभामुखसँग कुरा गरेर बाहिरिएपछि उनले सभामुख शपथका लागि सकारात्मक भएको प्रतिक्रिया दिए। ‘सभामुखज्यू सकारात्मक हुनुहुन्छ। केही समय चाहियो भन्नुभएको छ,’ उनले भने, ‘शपथ लिन पाउने मेरो अधिकार हो। निर्वाचन ऐनबमोजिम शपथ लिन मलाई कसैले रोक्न मिल्दैन।’
सामान्य कुटपिटको मुद्दामा आफू जेल गएको भन्दै उनले अदालतले तोकेको जेल सजाय पनि भुक्तान गरिसकेकोले अदालतले बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएको उनले सुनाए। ‘फौजदारी संहिताको दफा १९४ मा कैद भुक्तान गरिसकेका व्यक्तिले जेल बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था गरेको छ। मलाई अदालतले त्यही सुविधा दिएको हो,’ उनी भन्छन्, ‘अब मैले शपथको अधिकार पाउनुपर्छ। त्यसमा सबैले सकारात्मक लिनुभएको छ।’
ब्यापारको सिलसिलामा हप्ता र चन्दा असुलिबाट आजित भएर सामान्य कुटपिट गरेको तर ठूलो अपराध नगरेको उनको दाबी छ। उनले अगाडि भने, ‘रिस उठ्यो भने के गर्छ मान्छेले ? जे पायो त्यही बोलेपछि अलिअलि झापड त हानिहाल्छ नि। व्यापारी मान्छे लड्नै नसक्ने हुन्छ त ? बिजनेस गर्ने मान्छे भन्दैमा मलाई जे पनि गर्न मिल्छ त ? कि मैले पनि हप्ता दिनुपर्यो कि चन्दा दिनुपर्यो। म किन दिने त्यसै हप्ता र चन्दा ? बरु एक दुई झापड हानिन्छ। कोहीलाई १० झापड पनि हानें होला। त्यति त हो नि कुरा। अरु के मुद्दा छ मेरो ?’
शपथ लिन नपाए उनी अन्तराष्ट्रिय अदालत जाने बताएका छन्। ‘सपथ लिन नपाए म त अन्तराष्ट्रिय अदालत जान्छु नि। नेपालको अदालतमा किन जाने ? नेपालको अदालतमा के छ ? साढे ८ महिना एउटा रिट हाल्न लगाउँछ। १९ वटा पेसी चढायो। पेसी चढेको पनि थाहा नहुने, काटेको पनि थाहा नहुने,’ उनले भने, ‘अनि म के का लागि सवोर्च्च अदालत जाने ? शपथ गराउनुस्। त्यसपछि कसलाई चित्त बुझ्दैन उही जान्छ अदालत।’ शपथ गराउन नसके लिखित जानकारी दिन उनले आग्रह गरे।
सभामुख नेत्रनाथ अधिकारीले मंगलबार निर्णय गर्ने बताए। आइतबार निर्णय गरेरै शपथ नगराउने बताएका अधिकारीले भोलिपल्टै कुरा फेरेका हुन्। प्रतिक्रिया दिनुभन्दा पहिले नै उनले प्रदेशसभाभित्रै मनाङ्गेसँग डेढ घण्टा वार्तालाप गरेका थिए। उनीसँग बसेर निस्िकएपछि सभामुखले पुनः लिखित निर्णय गर्ने सुनाए। ‘कानूनी छिद्रहरु छन्।
भोलि (मंगलबार) दिउँसो टुंगो लाग्छ,’ उनले भने, ‘साढे २ बजे बोलाइएको छ। मैले लिखित पत्र नदिँदासम्म केही पनि हुँदैन।’ शपथ ग्रहण गराउने वा नगराउने भन्ने विषयमा उनले स्पष्ट धारणा दिएनन्।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको धिन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९