हेेमजा, २३ पुस। करुणानिधि एजुकेशन फाउन्डेसन (केफ) मावि, सिम्पानीको रजतजयन्तीका सम्पूर्ण कार्यक्रम सोमवार सकिएका छन्।
समापन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अबको शिक्षा अन्तराष्ट्रियस्तरमा प्रतिष्पर्धामूलक हुनुपर्ने आवश्यकता औँल्याए। उनले परम्परागत शिक्षण विधिमा परिवर्तन गर्नुपनेर्मा जोड दिए।
मन्त्री लम्सालले शिक्षा क्षेत्रमा निजी विद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहँदैआएको बताउँदै संस्थागत विद्यालय पनि राज्यप्रति उत्तरदायी बन्नुपर्ने जनाए। उनले विद्यालयको मुखपत्र करुणा अङ्क ५ लोकार्पण पनि गरे।
विद्यालयका सल्लाहकार समिति अध्यक्ष सोमनाथ अधिकारी प्यासीले निजी विद्यालयको भूमिकालाई कम लिन अनुरोध गरे। उनले रजतजयन्ती सफल पारेकोमा विद्यालय प्रशासनलाई धन्यवाद समेत दिए।
प्याव्सन गण्डकी अध्यक्ष माधवशरण उपाध्यायले निजी विद्यालयमा सिर्जनशीलता हुँदैन भन्ने आरोप लाग्ने गरेकोप्रति खण्डन गर्दै निजी विद्यालयको योगदान कम आँकलन नगर्न सबैमा अनुरोध गरे। केफ प्रदेशकै नमूना विद्यालय भएको उनको ठहर थियो। कार्यक्रमबीच शिक्षक–अभिभावक संघ अध्यक्ष वसन्त बास्तोलाले पनि बोलेका थिए। वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालय निदेर्शक लोकराज भण्डारीले विद्यालयले शैक्षिक अभिवृद्घिका लागि विद्यार्थी, शिक्षक र अभिभावक सम्मिलित सञ्जाल स्थापनाको सोच बनाएको छ भन्दै वर्तमान शैक्षिक अवस्थाबारे जानकारी दिएका थिए।
त्यस अवसरमा प्राध्यापक विश्वराज अधिकारीले करुणा अङ्क ५ समीक्षा गरे।
कार्यक्रमबीच दश जाड दुईको बोर्ड परीक्षामा कास्कीमा सवोर्त्कृष्ट हुन सफल भूतपूर्व विद्यार्थी पार्वती पौडेल, मदन पोखरेल र मनोज हमाल ठकुरी, त्यस्तै दीर्घसेवा स्वर्ण पदकबाट शिक्षक नवीन प्यासी अधिकारी, शालिकराम अधिकारी, केशवप्रसाद पराजुली र तारा गौतम, नियमित हाजिरी हुने शिक्षकबाट डुकप्रसाद पौडेल र हिरा गुरुङलाई सम्मान गरिएको थियो। त्यसै विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारी, विद्यालयको स्थायित्वमा भूमिका खेल्ने व्यक्तिहरु, सल्लाहकार समितिका वर्तमान तथा पूर्व पदाधिकारी, अक्षयकोषदाता लगायतलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा विद्यार्थीबाट विभिन्न सांस्कृतिक प्रस्तुति राखिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राचार्य डिल्लीराम अधिकारीले धन्यवाद ज्ञापन, कक्षा ८ का विद्यार्थी सौगात गौतमले स्वागत र सहप्राचार्य भानुभक्त पोखरेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९