नेवि संघ भ्रष्टाचारविरोधी अभियानमा

आदर्श समाज सम्वाददाता
पौष २४, २०७५
49245633_310009786297474_2731959122810372096_n

पोखरा, २३ पुस। नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन्।

पृथ्वीनारायण क्याम्पसबाट शुरु अभियान सोमबार वीपी चोक, शहीदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो।

ती स्थानमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ। नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई ब्यानर हस्तान्तरण गरी अभियान शुरुवात गरेका हुन्।

कार्यक्रममा महासमिति सदस्य गुरु बरालले भ्रष्टाचारका कारण मुलुक बर्बाद भएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक बताए।

‘यो अभियान पोखराबाट शुरु भएको छ,’ उनले भने, ‘यसलाई देशव्यापी बनाउन आवश्यक छ।’

नेवि संघका विद्यार्थीले सरकारले न्याय दिन नसकेको, आपराधिक गतिविधिमा संलग्नलाई संरक्षण गरेको र भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन्।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width