पोखरा २२ पुस । पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका उपप्रमुख र विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ।
कोमागाने शहरका उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् ।
टोलीमा उपप्रमुखसहित विद्यार्थी र शिक्षकहरु छन् । उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाङ्ग्रा लगाइदिएकी थिइन् ।
स्वागत कार्यक्रममा बोल्दै गुरुङले कोमागाने पोखराबीच भगिनी सम्वन्ध स्थापना भएको १८ वर्ष वितेको बताउँदै उपप्रमुख र विद्यार्थीसहितको भ्रमणले सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास ब्यक्त गरिन् ।
‘भ्रमणले दुई शहरको सांस्कृतिक र शैक्षिक विकासबारे अनुभब आदान प्रदानमा सहयोग पुग्छ,’ उपप्रमुख गुरुले भनिन्, कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थीहरु पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाबारे सिक्ने अवर मिल्नेथियो ।’
कोमागाने शहरका उपप्रमुख मासारु होरीउचीले आफू पहिलो पटक नेपाल आएको बताए । उनले आफूहरुको भ्रमणले दुई शहरवीचको सम्वन्धलाई अझै बलियो बनाउदै सहयोग आदान प्रदानमा सहजता हुने बताए ।
कार्यक्रममा पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सुन्दर शहर भएको बताउँदै भ्रमण सुखद र सफल रहोस भन्ने कामना गरे ।
पोखरा कोमागाने नागरिकमैत्री एशोसियसनका अध्यक्ष शारदामोहन काफ्लेले जापानबाट आएका विद्यार्थीहरुलाई तीन दिनसम्म होमस्टेमा राखिने बताए। उनीहरुलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्था गरिएको बताए । कार्यक्रममा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराल र सविता ढुङ्गानाले बोलेका थिए । टोली तीन दिनसम्म पोखरामा बस्ने र यहाँका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०