सुन्दरबजार नगरपालिकाका काम ठप्पै

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५

लमजुङ, २२ पुस । लमजुङको सुन्दरबजार नगरपालिकाका कर्मचारीले नगरपालिकाको कामलाई आइतबारदेखि पुनः ठप्प पारेका छन् । नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई कुट्ने व्यक्तिलाई घटनाको सातौँ दिनसम्म पनि कानुनी दायरामा नल्याएको भन्दै कर्मचारीहरुले अनिश्चितकालीन काम ठप्प पार्ने बताउँदै काम नगरेका हुन् ।

नगरपालिकाका संपूर्ण कर्मचारीले आइतबार संयुक्त प्रेस विज्ञाप्ती प्रकाशन गरी नगरपालिकाका लेखापाल श्याम पराजुलीलाई मरणासन्न हुने गरी कुटपिट गरेको घट्नाको घोर भत्र्सना गरेका हुन् । विज्ञप्तीमा लेखापाल पराजुलीलाई हातपात गर्ने सुन्दरबजार नगरपालिका–६ का नवीन श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नगरपालिकाले प्रतिवद्धता जनाएपनि घट्नाको सात दिनसम्म पनि फरार भनिएका व्यक्तिलाई कानुनी दायरामा नल्याइँदा कर्मचारीमा सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा पुस १७ र १८ गते दुई दिनसम्म कार्यालयको काम ठप्प पारिएको १९ गते नगरपालिकाको प्रतिवद्धतापछि कालोपट्टीसहित काममा फकेर्को र पुस २२ गते कार्यालय खुलेको समयसम्म पनि नगरपालिकाको प्रतिवद्धता कार्यान्वयनको लक्षण नदेखिएकोले अनिश्चितकालीन कामकाज बन्द गर्न बाध्य हुनुपरेको उल्लेख विज्ञप्तीमा छ ।

त्यसैगरी, विज्ञप्तीमा कानुन कार्यान्वयनमा तल्लीन कर्मचारीले यथाशिघ्र कानुनी उपचार पाउनबाट बञ्चित हुनुपरेको, आगामी दिनमा भयरहित वातावरणमा काम गर्ने अवस्था कायम हुन नसकेको र दण्डहिनता मौलाउँदै गएको अनुभूति गरेर फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर हदैसम्मको कारवाही गर्न जोडदार माग गरेको छ । विज्ञप्तीमार्फत दण्डहीनता र सुशासन कायम हुन पुनः आन्दोलनका कार्यक्रम सुचारु गरी फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा नल्याउँदासम्म अनिश्चितकालीन रूपमा कार्यालयको कामकाज बन्द गर्ने घोषणा गर्दछौँ भनिएको छ ।

विज्ञप्तीमा उल्लेख गरिएको छ,’ ‘फरार भनिएको नवीन श्रेष्ठले विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र समाजिक सञ्जालमासमेत आफ्नो उपस्थितिका गतिविधि देखाइरहेको नगरपालिकाका सदस्यहरू तथा कर्मचारीलाई समेत अनौपचारिक रुपमा जानकारी भएको अवस्थामा फरार व्यक्तिलाई पक्राउ गर्ने सम्भावना हुँदाहुँदै पनि प्रशासनले पक्राउ गर्न नसक्नुले कतै उनलाई लुकाउनमा प्रशासन नै संलग्न छैन भन्ने आशंका बढेको छ ।’

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width