पोखरा, २२ पुस । गण्डकी प्रदेशका सांसद मिना गुरुङ सासंद भएदेखि आफूले पाउँदै आएको सेवा सुबिधाहरु सामाजिक क्षेत्रमा प्रदान गरेकी छन् ।
जिफन्टका उपाध्यक्षसमेत रहेकी सांसद गुरुङले असाहाय, जेष्ठनागरिक तथा अपाङ्गता भएकाहरुलाई सहयोग गर्दै आएकी हुन् ।
सासंद गुरुङसहित राष्ट्रिय सौन्दर्ययकर्मी युनियनका पदाधीकारी तथा सदस्यहरुले पोखरा महानगरपालिका बडा नं १४ भैरेस्वरी आधारभूत प्राथमिक विद्यालयका बालबालिकाहरु तथा नमुना बस्तीका जेष्ठनागरिकहरुलाई न्यानो कपडा बितरण गरे ।
सांसद गुरुङले भैरेस्वरी आधारभूत बिद्यालयका बिद्यायार्थीहरुलाई १ सय २७ थान स्वीटर, टोपी, चकलेट र बिस्कुटसमेत बितरण गरिन् ।
त्यसैगरी, सासंद गुरुङले नमुना बस्तीका श्रमिकका बाबुआमाहरुलाई १५ थान ज्याकेटसहित लत्ताकपडा र खाद्यान्नसमेत बितरण गरिन् ।
कार्यक्रममा बोल्दै सांसद गुरुङले नैतिक र ब्यवहारिक शिक्षा लिन जोड दिइन् । बिद्यालयका बालबालिकाहरुले राष्ट्रिय र तथा अन्तराष्ट्रियस्तरमा समेत नाम उँचो राख्न आग्रह गरिने ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङले विद्यालयलाई दुई थान फुटबल प्रदान गरे । उक्तअवसरमा वडा नं १४ का वडासदस्य जितेनद्रजंगबहादुर थापा, जिफन्ट गण्डकीका सह–सचिव संगिता पाण्डे, बिद्यालयका प्रधानाअध्यापक मिना कार्की, ब्यवस्थापन समितिका अध्यक्ष भिमजंगबहादुर कुवँर, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, समाजसेवी बिजया सुवेदी र बसुन्धरा पौडेललगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९