पोखरा, २२ पुस । रोटरी क्लब अफ पोखरा लेकसाइडको तेस्रो चार्टर नाइट सम्पन्न भएको छ । जनवरी ५ मा स्थापित रोटरी पोखरा लेकसाइडका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ हुन् ।
कार्यक्रममा चार्टर प्रेसिडेन्ट श्रेष्ठ, क्लब प्रेसिडेन्ट जयराम पौडेल, प्रेसिडेन्ट इलेक्ट घराना थकाली, प्रेसिडेन्ट नोमिनी अर्जुन खनाल, सल्लाहकार विनोद कोइरालाले चार्टर नाइड डे अवसरमा केक काटेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताले क्लबले आगामी दिनमा निर्माण गर्न लागेको रोटरी किड्नी केयर सेन्टरको आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा बिरौटामा साढे २ करोड रुपैयाँ लागतमा सो किड्नी केयर सेन्टर निर्माण गरिने योजना रहेको क्लब प्रेसिडेन्ट पौडेलले जानकारी दिए ।
क्लब प्रेसिडेन्ट जयराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विनोद कोइराला, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट घराना थकाली, प्रेसिडेन्ट नोमिनी अर्जुन खनाल, रोटरियन रोहितराज बास्तोलालगायतले बोलेका थिए । क्लबले हालैमात्र नेपाल रेडक्रस सोसाइटी कास्कीलाई एम्बुलेन्स सहयोग गरेको छ । क्लबमा हाल ५२ जना सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९