पोखरा, २२ पुस । पोखरा ११, रानीपौवास्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था गण्डकी प्रदेशको उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको छ।
काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारण सभामा सो सहकारी प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालयले सयपत्रीका तर्फबाट अध्यक्ष विश्वराज बास्तोलालाई दोसल्ला ओढाउँदै प्रमाणपत्र प्रदान गरिन् ।
२०६६ सालमा स्थापना भएको सो सहकारी यसअघि कास्की जिल्लास्तरमा विभिन्न विधामा उत्कृष्ट सहकारीको रूपमा सम्मानित हुँदैआएको छ। संस्थाका अध्यक्ष, सचिव, व्यवस्थापक, लेखासमिति, प्रबन्ध सञ्चालक पनि सम्मानित भइसकेेका छन्।
संस्थामा हाल ६ सय २० जना सदस्य रहेको र सो संस्थाले १ अर्ब १० करोडभन्दा बढीको आर्थिक कारोबार गरेको सहकारीका कोषाध्यक्ष धर्मराज बास्तोलाले जानकारी दिए।
राष्ट्रिय सहकारी बैंक अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न विधाका अन्य व्यक्तित्व एवम् सञ्चालकलाई सम्मान गरिएको थियो। सहकारी बैंकमा हाल नेपालभरका १० हजार २ सय १८ सहकारी आबद्ध छन्।
जसमा गण्डकी प्रदेशका ९ सय ९१ र कास्की जिल्लाका २ सय ९५ सदस्य छन्। बैंकले हाल २२ अर्ब रूपैयाँको कारोबार गरिरहेको छ।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०