पोखरा, २२ पुस । पोखरा–१७, छोरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहको
अध्यक्षमा पुनः सरिता घिमिरे चयन भएकी छन् । समूहको समपन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले घिमिरेको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जानुका पौडेल सुवेदी, सचिवमा बिमला भुजेल, कोषाध्यक्षमा शुभ थापा र सहसचिवमा शारदा सुवेदी छन् । सदस्यहरूमा भीमा अधिकारी, अम्बिका बराल, सुशीला पराजुली, मिना थापा, उषा रिमाल र मुना सुवेदी निर्वाचित भएका छन् ।
त्यसैगरी, मधुमाया सुवेदीको संयोजकत्वमा १५ सदस्यीय साँस्कृतिक उपसमिति गठनसमेत गरिएको छ । संस्थाका सल्लाहकार माधव वियोगी संयोजक र अधिवक्ता जानकी शर्मा र युवा समाजसेवी दीपक सुवेदी सदस्य रहेको गठित निर्वाचन समितिले नयाँ कार्यसमिति र साँस्कृतिक उपसमिति गठन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सूचना अधिकृत गंगालाल सुवेदीले नारी उत्थान दिदीबहिनी समूहका कार्यक्रमले यस क्षेत्रका नारीहरूलाई अन्यायकाविरूद्ध लड्न र स्वावलम्बी बन्न सिकाएको बताए । उनले चेतनामूलक कार्यमा महानगर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं महाकाव्यकार माधव वियोगीले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा सामाजिक परिवर्तनका लागि नारी जागरण अभियानकी संयोजक अधिवक्ता सुष्मा पौडेल विशेष अतिथि थिइन् ।
कार्यक्रममा बेलघारी टोलविकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदी, गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तीलकुमारी ढकाल, शीतल चौतारी आमा समूहकी उपाध्यक्ष सुमित्रा लम्साल र युवा समाजसेवी दीपक सुवेदीले संस्थागत विकासका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा उपाध्यक्ष जानुकका पौडेल सुवेदीले स्वागत र सचिव रीता सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।बन्दसत्रले अध्यक्ष सरिता घिमिरे र कोषाध्यक्ष सम्झना थापाद्वारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको थियो ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९