रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
Redcross PKR-17_Fotor

पोखरा, २१ पुस। नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी चयन भएका छन्।

उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमिति उपसभापतिमा हरिप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद लम्साल, उपसचिव दुर्गाबहादुर बराल, कोषाध्यक्ष विजयकुमार शाही र उपकोषाध्यक्ष लक्ष्मी अधिकारी छन्।

सदस्यमा शिवराम भण्डारी, रवीन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी, दीपेन्द्र बराल छन्। एक सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ। निवर्तमान सभापति, वडाका जनप्रतिनिधि एक जना र जिल्ला कार्यसमितिका एकजना सदस्य पदेनसदस्य रहने व्यवस्था छ।

उक्त अवसरमा उपशाखाको नवनिर्मित भवन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे। मेयर जिसीले मानवीय सेवाका कार्य गर्ने संस्थाको आफ्नै भवन हुनु राम्रो रहेको उल्लेख गरे।

उपशाखाले २०६६ सालमा ६ आना दुई पैसा दुई दामको क्षेत्रफल भएको जग्गा केन्द्रीय कार्यलयबाट भवन निर्माणको लागि स्वीकृती पाएको र २०६७ सालमा शिलान्यास भएको अध्यक्ष तीर्थराज अधिकारीले बताए।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डे, रेडक्रस सोसाइटी गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकाल, पोखरा–३१ उपशाखाका सभापति रुद्रनाथ अधिकारी, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भूपति ढकाल ‘कमल’, छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चूडामणि बराल, रेडक्रसकर्मी डिल्लीराम बराल, नेकपा पोखरा–१७ का अध्यक्ष सुवास ढुंगाना, काँग्रेस पोखरा–१७ का सभापति देवराज आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।

रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती’ स्मारिकाको विमोचनसमेत गरिएको थियो। कार्यक्रममा निवर्तमान सचिव हरिप्रसाद श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उर्मिला खड्का भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभापति तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति झपिन्द्रराज रेग्मीले स्वागत, विशिष्ट सदस्य लक्ष्मी अधिकारीले सात सिद्धान्त वाचन र सचिव हरिप्रसाद श्रेष्ठले संचालन गरेका थिए। कार्यक्रम पूर्व प्रभातफेरी गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width