पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस आल्मुनाइको भेला

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
almunai_Fotor

पोखरा, २१ पुस। पोखरा विश्वविद्यालय (पोवि) को केन्द्रीय आंगिक महाविद्यालय स्कूल अफ बिजनेसबाट अध्ययन पूरा गरेका भूतपूर्व विद्यार्थीको पोखरामा सम्पन्न भेलाले डा चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।समिति उपाध्यक्ष दीपमाला श्रेष्ठ, सचिव प्रदीप सापकोटा, सहसचिव सन्तोष शर्मा र कोषाध्यक्ष पूनम गिरी चयन भए ।

यस्तै, सदस्यमा अमृत बास्तोला, शीखा गुरुङ, मञ्जु बराल, जीवन भण्डारी, सुवर्णवीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल र ज्योति सुनार छन् । तदर्थ समितिले बिधान मस्यौदा उपसिमितिसमेत गठन गरेको छ।

कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्काले विश्वविद्यालयको समग्र विकासमा पूर्व विद्यार्थीको विशिष्ट भूमिका हुने बताए।

यस्तै, स्कूल अफ बिजनेसका निदेर्शक डा रवीन्द्र घिमिरे, पूर्व विद्यार्थीतर्फबाट डा चैतन्य अधिकारी, अमृत बास्तोला, उमेश आचार्य र पूनम गिरी लगायतले धारणा राखेका थिए।

स्कूल अफ बिजनेसका उपप्राध्यापक तथा आल्मुनाइ सेलका संयोजक प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन उपप्राध्यापक सन्तोष गुरुङ र स्वागत उपप्राध्यापक रामकृष्ण चापागाईले गरेका थिए।

सो कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सले प्रायोजन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width