हेमजा रेडक्रसले मनायो रजतजयन्ती

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
redcross hemja photo_Fotor

हेमजा, २१ पुस । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले शनिवार रजतजयन्ती मनाएको छ ।त्यस अवसरमा उपशाखाको साधारणसभा सम्पन्न गरिनुका साथै सम्मान र आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरियो ।

प्रमुख अतिथि रेडक्रस कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले कार्यक्रम उद्घाटन गर्दै मानवीय सेवामा हेमजा रेडक्रसले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए । उनले अब भवन निर्माणतर्फ चासो दिन उपशाखालाई आग्रह गर्दै एम्बुलेन्स संचालनको सोच बनाउन पनि सुझाव दिए ।उनले विपद् राहत कोषको महत्वमाथि पनि चर्चा गरेका थिए ।

वडा सदस्य दलबहादुर कुँवरले विगतमा हेमजाको खानेपानी व्यवस्थापनमा उपशाखाको भूमिका स्मरण गर्दै भवन निर्माणका लागि वडास्तरबाट पहल थाल्ने प्रतिबद्घता जनाए ।

वडासचिव ईश्वरीप्रसाद बास्तोलाले सडक सुरक्षा, प्राथमिक उपचार, युवा परिचालन लगायतका क्षेत्रमा रेडक्रस उपशाखाले कार्य गर्दै आएको आफूले पाएको बताए ।

रेडक्रस कास्कीका सदस्य तथा उपशाखाका समन्वयकर्ता विष्णु भण्डारीले रेडक्रसको मर्म विपद्लाई घटाउनुमा रहेको प्रष्ट पारे ।

सो अवसरमा उपशाखाकी सल्लाहकार विष्णुमाया अधिकारी, गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर, युवा जुनियर परिचालन समितिका संयोजक माधवशरण पौडेल लगायतले पनि रेडक्रसको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रमबीच उपशाखाको गतिविधिमा सहयोग गरेको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थापक तथा दुई कार्यकाल बढी सेवा गरेका रेडक्रसकर्मी र ज्येष्ठ आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।त्यस्तै आजीवन सदस्यताको प्रमाणपत्र पनि वितरण भएको गरिएको थियो ।

सो अवसरमा सांस्कृतिक संयोजक जयराम त्रिपाठी र सदस्य रीता कार्की कुँवरले भजन तथा भरतचन्द्र गौतमले रेडक्रससम्बन्धी गीत सुनाएका थिए ।

कार्यक्रमको महत्वमाथि सम्मान समितिका संयोजक समेत रहेका रेडक्रस कास्कीका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले प्रकाश पारेका थिए ।

संस्थाका सचिव तिलकप्रसाद तिम्सिनाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा उपकोषाध्यक्ष आरती अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल गरी अनुमोदन भएको थियो ।

उपशाखाका कावा अध्यक्ष पूर्णलाल भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य रीता कार्की कुँवरले रेडक्रसका सात सिद्घान्त वाचन, युवा जुनियर परिचालन समितिका संयोजक माधवशरण पौडेलले स्वागत तथा सचिव तिलकप्रसाद तिम्सिना र सहसचिव मीनबहादुर थापाले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width