पोखरा, २१ पुस। फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको अध्यक्षमा प्रेमराज बसौला सर्वसम्मत चयन भएका छन्।
शनिबार भएको १५ औं साधारणसभा तथा नवौं अधिवेशनबाट बसौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
समितिको निवर्तमान अध्यक्ष हीरामणि पण्डित, वरिष्ठ उपाध्यक्षमा युवराज बस्नेत, प्रथम उपाध्यक्ष पूर्णशोभा गुरुङ, तृतीय उपाध्यक्ष थोमनाथ अर्याल, महासचिव बैनबहादुर गुरुङ, कोषाध्यक्ष रामजीप्रसाद तिवारी र सचिव विष्णु बस्नेत चयन भए। समितिको सदस्यमा योगाकुमारी गौतम, रुद्र नेपाली, सूर्यप्रसाद सुवेदी, परमेश्वर दवाडी, आशवीर नेपाली, एकनारायण गौतम र विष्णु केसी छन्। कार्यकाल २ वर्षको हुनेछ।
साधारणसभालाई सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले फर्निचर पेसालाई व्यवस्थित गर्न महानगर प्रतिबद्ध रहेको बताए। उनले व्यवसायीहरुको तालिम सञ्चालन गर्न महानगरले सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी, नेपाल फर्निचन महासंघ अध्यक्ष भूपेन्द्र गिरी, संस्थाका संस्थापक अध्यक्ष विष्णु भण्डारी, डिभिजन वन कार्यालय कास्कीका दीपक पण्डित लगायतले बोलेका थिए।
अध्यक्ष हीरामणि पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बैनबहादुर गुरुङले गरेका थिए। संघमा हाल करिब ३ सय जना सदस्य छन्।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९