पोखरा, २१ पुस । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले पर्यटन नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको बताएका छन् ।
पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडको प्रारम्भिक साधारणसभा उद्घाटन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
‘गण्डकी प्रदेशको आर्थिक आधार नै पर्यटन हो,’ मन्त्री बस्नेतले भने, ‘पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न थप लगानीका लागि प्रोत्साहित गछौ।’ उनले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा हुने लगानीको सुरक्षा र सम्बद्र्धनको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता गरे।
प्रदेश सांसद राजीव पहारीले पञ्चासेसम्म पुग्न केही वर्षभित्रमा पक्की सडक समेत पु¥याउने बताए ।
अर्का सांसद रामजी बरालले यस्ता खालका आयोजनाले नै देशलाई समृद्धि उन्मुख गराउने बताए। कार्यक्रममा नेकपा नेता शिबबहादुर बराल, प्राडा वेदनाथ शर्मा, मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा केवलकारसहितको पर्यटकीय पूर्वाधार तयार पार्ने उद्देश्य राखेको पञ्चासे केवलकार एण्ड टुर्स लि.का अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनी सञ्चालक चिन्तामणि शर्मा र किरण पोखरेलले पनि बोलेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत धर्मराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
केवलकारले पोखरा महानगरपालिकाको घाटीछिनादेखि पर्वतको मोदी गाउँपालिका र कुस्मा नगरपालिकाको सिमानासम्म केवलकार, हेरिटेज प्लाजा, होटल, रिसोर्ट, होमस्टे, रोपवे, जीप प्mलायर, साइकल लेन, वाटर डान्स, लभ पार्क, फन पार्क, श्रवणकुमार आश्रम लगायत संरचना निर्माण गर्ने उद्देश्य राखेको कम्पनी अध्यक्ष शर्माले जनाए। सबै संरचना ५ वर्षभित्रमा निर्माण गरी सक्ने लक्ष्य छ । सम्पूर्ण पूर्वाधारसहित १३ अर्ब ३८ करोड रुपैयाँ लगानी रहको उनले बताए ।
यसैबीच, कम्पनीका सो सभाबाट ९ सदस्यीय संचालक समिति गठन गरिएको छ । संचालकमा रामचन्द्र शर्मा, किरण पोख्रेल, धर्मराज भण्डारी, चिन्तामणि शर्मा, कमलबहादुर बस्नेत, हरिहर सापकोटा, प्रेम गिरी, प्रेमराज भण्डारी, प्रेम सुवेदी रहेका छन्।
निर्वाचनमण्डल संयोजक बोधराज बरालले संचालकलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०