पोखरा, २१ पुस । मेरो नेपाल युवा क्लबका नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यले शनिबार पदभार ग्रहण गरेका छन् ।
निर्वाचन अधिकृत बोधराज बरालले उनीहरुलाई शपथसहित पदभार ग्रहण गराएका हुन् ।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष दिवश कुँवरले भावी कार्ययोजना प्रस्तुत गर्दै सेती सिंचाइ नहर सरसफाइ अभियानसहित अन्य सामाजिक कार्यमा प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाल भारतमैत्री संघका केन्द्रीय सल्लाहकार गुरु बरालले क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । बरालले क्लबलाई ८ थान फुटबल, ६ थान भलिबल, ४ थान कर्नर फ्ल्याग, चेञ्जिङ बोर्ड, ११ थान फुटबल जर्सी, कीपर तथा भलिबल नेट प्रदान गरेका हुन् ।
उपभोक्ता मञ्च कास्की सचिव मिलन तिवारी, क्लबका पूर्व अध्यक्ष राजकुमार थापा, निवर्तमान अध्यक्ष हरि जिसी लगायतले कार्यसमितिको सफलताको कामना गरेेका थिए ।
पदस्थापनपछि क्लब अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव कर्णबहादुर गुरुङले स्वागत मन्तव्य र संचालन सचिव कमलराज ढुंगानाले गरेका थिए ।
पोखरा १४ स्थित क्लबको गत शनिबार सम्पन्न अधिवेशनबाट दिवश कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९