लेखनाथ, २१ पुस। बृहत् बेगनासताल सरसफाइ अभियानको ४२ औं हप्ताको सफाइ अभियान तालचोकमा शनिवार सम्पन्न भएको छ।
कार्यक्रमको सुभारम्भ गर्दै वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले आफनो घर आँगन आफैले सफा गरि सभ्यताको परिचय दिन आग्रह गरे।
क्लब अध्यक्ष रामबहादुर रानाभाटको नेतृत्वमा निस्किएको टोलीले बेगनासतालको मुख्य प्रवेशद्वारा तालचोकदेखि डायमण्ड माविसम्म सरसफाइ गर्दै स्थानीयलाई सचेतना दिएको थियो ।
अभियानमा तालचोक बजार व्यवस्थापन समिति, तालचोक टोल विकास संस्था, नौविसे टोल विकास संस्था, लेकसिटी युथ क्लब, तालचोक नवज्योति नौविसे आमा समूह, वेगनास महिला समूह, मिलनसार तमु समाज, होटल एशोसिएसन लेखनाथ, आदर्श युवा क्लब, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, बेगनासताल बस संचालक समिति अध्यक्ष कृष्ण ढुंगाना, कञ्चन स्वच्छ वातावरण समूह अध्यक्ष मीना गुरुङ लगायतले अभियान फलदायी र प्रभावकारी भएको धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९