लमजुङ, १९ पुस । नगरपालिकाले सुरक्षा दिलाउने र दोषीलाई कारबाही दायरामा ल्याएर कडा कारबाही गराउने प्रतिवद्धतासँगै सुन्दरबजार नगरपालिका आन्दोलनरत कर्मचारी काममा फर्किएका छन् ।
सुरक्षाको प्रत्याभूति र कर्मचारी कुट्नेलाई कडा कारबाही हुनुपर्ने माग राख्दै दुई दिनदेखि नगरपालिकाको वडा कार्यालयको समेत काम ठप्प पारेका उनीहरु बिहीबार कालोपट्टी बाँधेर काममा फर्किएका हुन् ।
उक्त कार्यालयका लेखापाल श्यामबहादुर पराजुलीलाई जनशक्ति युवा क्लबको अध्यक्ष समेत रहेका नवीन श्रेष्ठले मरणासन्न हुने गरी कुटी रक्ताम्य पारेका थिए । सो घटनापछि सुरक्षाको प्रत्याभूतिको माग र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गर्नुपरेको कार्मचारीले बताएका छन् । विहीबार कार्यालय खुल्नासाथ नगरपलिकाका प्रमुख जनकराज मिश्रले प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको सुरक्षा दिन नगरपालिका प्रतिबद्ध छ भन्ने व्यहोराको प्रतिवद्धता सार्वननिक गरेका थिए ।
विज्ञप्तिमा लेखापाल श्यामबहादुर पराजुलीमाथि नवीन श्रेष्ठले बिनाकारण प्रवेश गरी निर्घात कुटपिट गरी रक्ताम्य बनाएको घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको र सो घटनाको नगरपालिका परिवार घोर भत्र्सना गर्दछ भन्दै आगामी दिनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा काम गर्ने अवस्था प्रत्याभूति दिलाउन नगरपालिका प्रतिवद्धता व्यक्त गर्दछ भनिएको छ ।
प्रतिबद्धतापछि आफूहरुले कालो पट्टी बाँधेर काममा फकेर्को सो नगरपालिकाका सूचना अधिकारी समेत रहेको दीपेन्द्र पण्डितले बताए ।
कर्मचारीलाई कुट्ने श्रेष्ठ तत्कालीन एमालेनिकट युवा संघको सुन्दरबजार नगर कमिटिको वरिष्ठ उपाध्यक्ष समेत हुन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९