पोखरा, १९ पुस। सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ।
कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अझै पनि सुन्तला उत्पादन राम्रो गरेका छन्। उत्पादन भएका सुन्तला पहेँलपुर भई टिप्ने बेलामा यतिखेर बाँदर कुरेर बस्नुपर्ने उनीहरूको दैनिकी जस्तै बनेको छ।
पोखरा–२१ फेदीपाटन खर्कडाँडाका नारायण पौडेलका अनुसार किसानलाई बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ। “विगतमा बाँदरले सुन्तला खाएको कम नै देखिन्थ्यो,” विगतको अनुभव सुनाउँदै ७२ वर्षीय पौडेलले भने, “अहिले भने जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेका छन्।”
असोजदेखि बाँदरबाट सुन्तला जोगाउन श्रीमती नर्मदा र एउटा कुकुरसहित बगैँचामा धरालो बस्दै आएको बताउँदै उनले धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको दुखेसो सुनाउनुभयो। बाँदर साँझपख बास बसेपछि बस्तीमा नआउने गरेको विगतको स्मरण गर्दै कृषक पौडेलले थप्नुभयो, “अहिले त दिन न रात, जुनसुकै बेलामा पनि आउँछन्।” बेलुका साँझ परेपछि बाँदर वनमा बास बसे भनेर कुकुरसहित घरमा आएपछि यही पुस महीनाको ११ गते बाँदरको एक हुलले मिनेट भरमा दुई वटा बोटको सुन्तला रित्तै बनाएको उनले पीडा सुनाए।
विगत २२ वर्षअघि सारेका सुन्तलाका बोटले पाँच वर्षदेखि लगातार उत्पादन दिन थालेको बताउँदै उनले राज्यले बजारीकरण, भण्डारणका साथै बाँदर नियन्त्रणमा सहयोग गर्नुपनेर्मा जोड दिए। तीन मुरी धान उत्पादन हुने दुई रोपनी क्षेत्रफलमा लगाएका २ सय बिरुवामध्ये लगभग १ सय ५० बोटले फल दिन शुरु गरेको बताउँदै उनले यस वर्ष बोटबाटै ठेकेदारलाई तीन लाख २० हजार रुपैयाँमा सुन्तला बिक्री गरेको बताए।
जङ्गलको बीच भागमा रहेको सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएको बताउँदै श्रीमती नर्मदाले बाँदरले अटेरी गर्ने, कतिपय अवस्थामा घरभित्रै पसेर मकैलगायत अन्नबाली खाने गरेको बताए।
उत्पादन बढाउने लक्ष्यका साथ पौडेल दम्पतीले गोठमा रहेको गाई र भैँसीको पिसाब सङ्कलन गरी प्रत्येक वर्ष एउटा सुन्तलाको बोटको फेदमा झण्डै आठ पाथी गहुँत राख्ने गर्नुभएको छ। बगैँचामा सुन्तलाको एउटा बोट मरेपछि त्यहाँ दुई वटा बिरुवा थप्दै आएको बताउने उहाँहरूले सुन्तलामा सुनौलो भविष्य देखेको उल्लेख गरेे।
पोखरा–२१ फेदीपाटनस्थित उक्त स्थानमा सात कृषकले लभगभ ६० रोपनी भिरालो पाखो जग्गामा लगाएको सुन्तला बिक्रीबाट यस वर्ष मात्र रु २० लाखभन्दा बढी आम्दानी गरेका छन्।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९