फिष्टेलको रजतजयन्तीमा निबन्ध

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५

पोखरा, १९ पुस। फिष्टेल एकेडेमी माविले रजत जयन्तीको पूर्व सन्ध्यामा पोखराका निजी विद्यालयका विद्यार्थीबीच निबन्ध र चित्रकला प्रतियोगिता गरेको छ।

निबन्धतर्फ सिर्जना माविका विवेक काफ्ले प्रथम, पोखरा पब्लिककी बबिता अधिकारी द्वितीय, कुमुदिनी होम्स्की जया अधिकारी तृतीय र गोल्डेन फ्युचरकी अस्तिना पुर्जा सान्त्वना भएका छन्।

चित्रकलामा शिशु निकेतन स्कूलकी सचिना लिम्बु प्रथम, कास्की मोडनाइज्डकी जेसिका तिलिजा द्वितीय, सिर्जना माविकी ऋतिका पाठक तृतीय र मदरल्याण्ड माविकी एल्भिना थापा सान्त्वना भएका छन्।

विजयी विद्यार्थीलाई माघ १९ गते पोखरा सभागृहमा आयोजना हुने रजत महोत्सवमा नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्राचार्य चिनु रानाभाटले जानकारी दिए।

यसअघि विद्यालयले मंसिर २२ गते रक्तदान कार्यक्रम गरी ७४ युनिट रगत संकलन गरेको थियो।

त्यस्तै, शैक्षिक सत्रको शुरुवातमा देवघाटधामका तीन सय ५० जनाभन्दा बढी वृद्ववृद्वालाई भोजन गराउनुको साथै यसै हप्ता मादी गाउँपालिका वडा ३ स्याँगेस्थित विन्ध्यवासिनी आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख भरत खड्काले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width