पोखरा, १९ पुस। माघेसंक्रान्ति अवसरमा रिलिज हुने नेपाली फिल्म ‘चौका दाउ’ ले दर्शकलाई प्रशस्त मनोरञ्जन दिने भएको छ। फिल्ममा फरक–फरक क्षेत्रका चार चौकेहरु देखिने छन्। ‘उर्वशी’ को भूमिकामा रहेकी नायिका वर्षा राउत वरिपरी तिनै चौकेहरु घुम्दछन्। अहिलेको पुस्तालाई प्रशस्त मनोरञ्जन दिन फिल्म सफल हुने फिल्म यूनिटको दाबी छ।
रिलिज डेट नजिकिँदा प्रचारमा निस्केको फिल्म यूनिटले पोखरामा विहीवार पत्रकार सम्मेलन गरी यसबारे थप प्रकाश पार्यो। पूणेन्दु झाले निदेर्शन गरेको सो फिल्मले २७ पुसमा रिलिज हुन लागेको हो।
सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले निर्माण गरेको फिल्मको कथा शम्भुजित बास्कोटाले लेखेका हुन्। उनैको संगीत रहेको फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, रवीन्द्र झा, वर्षा राउत, निर्मल शर्माको मुख्य भूमिका छ। फिल्ममा हिरो कोही पनि छैन। वास्तवमा सबै हिरो छन्। चार चौकेमध्ये कलाकार पन्त पूर्व मन्त्री तथा नेताको भूमिकामा छन्। शाह म्यानपावर व्यापारी, राई जुवाडे र झा जग्गा व्यापारी बनेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
निदेर्शक पुणेन्दु झाले चौका दाउ पूर्णतया सोसल स्टोरी हो भने। यसअघि उनको ‘संरक्षण’ विशेषगरी पोलिटिकल ड्रा थियो। ‘फिल्मले प्रभाव पार्ने भनेको टिम र स्टोरी हो,’ निदेर्शक झाले भने, ‘चौका दाउले दर्शकलाई प्रशस्त मनोरञ्जन दिनेछ।’
नायिका राउतले फिल्ममा चार जना चौकेहरुलाई घुमाउने र अन्त्यमा पोजेटिभ म्यासेज दिने कोशिस रहेको बताइन्। उनले भनिन्, ‘विगतमा मेरो क्यारेक्टर जसरी मन पराइदिनुभयो, त्यसैगरी अहिले ‘उर्वसी’ लाई समेत मन पराइदिनेमा आशावादी छु।’
लामो समयको अन्तरालपछि फिल्ममा फर्किएका हास्य कलाकार सन्तोष पन्तले यस फिल्ममा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए। विगतका फिल्ममा त्यत्ति लामो रोल दिइएको थिएन। उनले किस्मत–२ फिल्मपछि बल्ल चौका दाउ खेलेको बताए। विगतमा उनी सावधान, मितिनी, कोसेली लगायत देखिएका थिए। उनले फिल्म सुटिङका दिन सम्झिए। भने, ‘चालीस दिनको सुटिङ मलाई पिकनिक गएजस्तो र वर्षा मेरो गल्र्डफ्रेण्ड अनुभूति भयो।’ उनका अनुसार फिल्मले शिक्षा केही दिँदैन मात्र दर्शकलाई फिल्म हेरुञ्जेल मनोरञ्जन दिन्छ।
चलचित्र पत्रकार संघ पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा संघ अध्यक्ष रेश बिकले फिल्म सफलताको कामना गरे। यसअघि हेटौंडा र नारायणगढमा फिल्म यूनिट प्रचारार्थ पुगिसकेको छ।
फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ। फिल्मका ‘राधा पियारी’ र ‘मेरो माया कतारमा’ गीत यसअघि नै चर्चित छन्। फिल्म अष्टे«लियामा समेत प्रदर्शन गरिने बताइएको छ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०