काठमाडौँ, १८ पुस । कर्मचारी समायोजनका लागि २६ हजार १ सय ३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।
पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १ सय ३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८ सय ६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २ सय ६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ ।
सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९