खैरेनीटार, १६ पुस। लायन्स क्लब अफ पोखरा वेगनास चौतारीद्वारा शुक्लागण्डकीमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनीटारलाई चार्टर हस्तान्तरण गरिएको छ ।
प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बि १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले समाजको हित हुने गरी सामाजिक सेवाका क्षेत्रमा कार्य गर्न अनुरोध गरे। उनले भने, ‘हामी खालि आएका हौं र खालि नै जानेछौं । त्यसैले आफूले कमाएको केही अंश र जीवनको केही समय सामाजिक सेवामा लगाउनु पर्छ । दिने कहिल्यै सकिएर जाँदैन ।’
लायन्स क्लब इन्टरनेसनल ३२५ वि १ नेपालका जोन चियरपर्सन सन्तोष घिमिरेले सामाजिक क्षेत्रमा सहयोग गरी आत्मसन्तुष्टि लिनुर्ने बताए। उनले सामूहिक रुपमा कार्य गर्दा ठूलो काम पनि सजिलै सम्पन्न गर्न सकिने जनाए।
कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी रामबहादुर बसेल, तीर्थलाल श्रेष्ठ, एनएलएफ डिपार्टमेन्ट चिफ विनोद ढुंगाना, लायन्स तनहुँ खैरेनीटारका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतले बोलेका थिए।
ध्वजाको वाचन लायन महेश्वर रिमालले गरेको कार्यक्रममा लायन्स तनहुँ खैरेनीटारका सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै अतिथिलाई मायाको चिनो प्रदान गरिनुका साथै विविध नृत्यसमेत प्रस्तुत गरिएको थियो।
लायन्स पोखरा वेगनास चौतारी अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स खैरेनीटारका प्रथम उपाध्यक्ष सुजित हिराचन र सञ्चालन लायन्स पोखरा वेगनास चौतारीका कोषाध्यक्ष सागर बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
रात्रिकालीन व्यवसायमा आबद्ध महिलालाई प्रशिक्षण
मुक्तिनाथमा नेपाली सेनाले बनायो दर्शनार्थीमैत्री विश्रामस्थल
कागबेनीको बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री पाण्डे
सातै प्रदेशमा लगानी सम्मेलन गर्दै उद्योग वाणिज्य महासंघ
hero news full width
मुख्य समाचार
बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प
विद्युत् नपुगेको छेन्तुङमा गण्डकी सरकारले पुर्यायो सोलार ऊर्जा
असाेज १६, २०८०पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
असाेज १६, २०८०एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
असाेज १६, २०८०ओली नआउँदा निराशा
असाेज १५, २०८०बहालवाला सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
असाेज १५, २०८०