sf:sLsf] n]vgfydf hf/L !%cf}+ ;:s/0fsf] n]vgfy dxf]T;jdf zlgaf/ pln{Psf] bz{ssf] eL8 . k’; !^ ut];Dd rNg] dxf]T;jdf bz{ssf] rfk;Fu} sf/f]jf/df klg a[l4 ePsf] atfO{Psf] 5 . t:jL/ M eLdkfl0f a/fn, n]vgfy, /f;;
लेखनाथ, १६ पुस।१५ औं संस्करणको लेखनाथ महोत्सव अपेक्षाकृत सफलता हात पार्दै सोमबार सकियो।
पुस ५ गतेदेखि कास्कीको लेखनाथमा १२ दिनसम्म चलेको महोत्सवमा आयोजकले अनुमान गरेको दर्शकको संख्या र आर्थिक कारोबारलाई नाघ्दै अहिलेसम्मकै उत्कृष्ठ महोत्सवका रुपमा स्थापित भएको आयोजकले जनाएको छ।
‘महोत्सव लेखनाथको, संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव अवधिभर करिब तीन लाख ५० हजार दर्शकले अवलोकन गरेको र करिव १८ करोड बराबरको आर्थिक कारोबार भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको दाबी छ ।
शुरुमा आयोजकहरुले तीन लाख दर्शक र १५ करोड वरावरको आर्थिक कारोबार हुने अनुमान गरिएकोमा महोत्सव अवधिभर सवैको साथ र सहयोगले सोचेभन्दा बढि सफलता हात पोरको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए।
महोत्सव समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउनमा सहयोग मिलेको र उत्पादकदेखि उपभोक्तालाई एउटै थलोमा जम्मा गेरर स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सहयोगीसिद्ध भएको धारणा राखे ।
महोत्सवको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ भएपनि यहाँ रहेका सामाजिक संघसंस्थादेखि स्थानीयबासी सवैले आफ्नो महोत्सवका रुपमा लिएकाले यो महोत्सव पोखराकै ब्राण्ड भएको मेयर जिसीको भनाई थियो ।
प्रमुख जिसीले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको हुँदा यस्ता मेला र महोत्सवले आर्थिक चलायमान हुने र देश समुन्नतको बाटोतर्फ अगाडि वढ्न सहयोगी हुने कुरामा जोड दिए ।
संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सञ्जिवबहादुर कोइराला, मादी गाउँपालिकाका अध्यक्ष बेदवहादुर गुरुङ ‘स्याम’, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, जानुका अधिकारी, संघका महासचिव भरतकुमार अधिकारी र प्रथम उपाध्यक्ष छत्रधर आत्रेयलगायतले आफना धारणा राखेका थिए ।
यसैबीच, महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको लुकेको प्रतिभाको खोजी अभियान अन्तरगत गायन विधाको गण्डकी तारा प्रतियोगितामा पोखरा ३० का निशान बराल गण्डकी तारा २०७५ हुन सफल भएका छन् । पोखरा १० का राम गुरुङ द्वितीय, पोखरा ५ का बसन्त थापा तृतीय र चितवनकी खुसी परियारले सान्त्वना स्थान प्राप्त गरेको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए ।
यसैगरी, रत्यौली गीत प्रतियोगितामा आभासनगर आमा समुह पोखरा २७ प्रथम, नमूना कृषक आमा समुह पोखरा २६ द्वितीय, खराने ताजा तरकारी कृषक समुह पोखरा २७ तृतीय र अन्नपुर्ण आमा समुह पोखरा ३२ ले शान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
यता महोत्सवमा राखिएको झाँकी र्याली प्रदर्शनीमा तमु प्हेल्हु संघ स्याङजाली तमु समाज प्रथम, नेपाल मगर संघ सैनिकबस्ती ईकाई समिति द्वितीय, नेपाल मगर संघ बुढीबजार इकाई समिति तृतीय र शिशुवा नेवाः खलले सान्त्वना स्थान प्राप्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०