समृद्धिबाटै समाजवाद : दाहाल

Avatar आदर्श समाज सम्वाददाता
पौष १७, २०७५

काठमाडौँ, १६ पुस।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।

‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन,’ अध्यक्षले दाहालले भने, उद्देश्यप्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नुपर्ने हुन्छ। कहिले ओरालो झर्नुपर्ने हुन्छ। त्यसरी मात्रै शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसद्वादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताए।

‘समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो,’ अध्यक्ष दाहालले भने, ‘यसका लागि व्यापक एकताको खाँचो पर्छ। हिँजो जुन सपना देखेर हामी हिँडेका थियौँ, ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।’

हाम्रो सुझाव

हिउँ पन्छाउन नेताहरू बीच होड

२३ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड

अवैध रुपमा वस्ने विदेशीप्रति निगरानी वढाइने

देश फासीवादतर्फ गयो – गजुरेल

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड