पोखरा, १६ पुस। क्षत्री समाज पोखरा–७ को सम्पन्न अधिवेशनले सरस्वती कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेश थापा, सचिवमा बसुन्धरा भण्डारी, सहसचिवमा बीबी बिष्ट, कोषाध्यक्षमा कृष्ण थापा, सदस्यहरुमा प्रकाश महत, रामकृष्ण केसी, केबि भण्डारी, मञ्जु महत, तिलक कार्की, लक्ष्मी थापा, गणेश केसी र सूर्यबहादुर कार्की छन् ।
त्यस्तै, अम्बिका केसीको अध्यक्षतामा क्षत्री महिला समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा विष्णु थापा, सचिवमा गिता बिष्ट, सहसचिवमा लक्ष्मी खड्का, कोषाध्यक्षमा गोमा थापा, सदस्यहरुमा बिन्दु महत, जमुना भण्डारी, खिना बोहरा, जमुना थापा, गिता खड्का, मिठू कार्की, गिता कार्की, हरिदेवी कार्की, सावित्री कार्की, तारा थापा छन् ।
समितिको सल्लाहकारमा शिवबहादुर कार्की र खिमबहादुर थापा चयन भएका छन् ।
अधिवेशन उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य सूर्यबहादुर केसीले रोजगारी सृजना गरी आय÷आर्जन बढाउनका लागि सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।क्षत्री समाज नेपालका पूर्वअध्यक्ष प्रा.डा दिलबहादुर क्षत्रीले मुलुकलाई बचाउन क्षेत्रीहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा क्षत्री समाज पोखरा महानगरपालिकाकी सचिव माया बराल, युवा पण्डित कमलनयन गौतम, क्षत्री समाजका पदम कार्की, बिबि विष्ट, गणेश कुँवर, गणेश केसी, चेतबहादुर कार्की, चन्द्रबहादुर केसी लगायतले बोलेका थिए ।
क्षत्री समाज पोखरा–७ का अध्यक्ष खेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु थापाले स्वागत र सूर्यबहादुर कार्कीले संचालन गरेका थिए।
यसैगरी, समाजको वार्ड समिति विस्तारअन्तरगत पोखरा ११ मा हिराबहादुर खत्रीको अध्यक्षतामा ध्रुव केसी उपाध्यक्ष, सचिवमा सुनिता कार्की, कोषाध्यक्ष अमृतबहादुर कार्की रहेको समिति चयन गरेको छ ।
निवार्चित समितिले आवश्यक अन्य समिति गठन गर्ने निर्णय भएको सचिव रेशमबहादुर केसीले बताए।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९