पोखरा, १६ पुस । यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ ।
प्रा. तारा बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र बरिष्ठ पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशी नगद ३० हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो । स्व. लक्ष्मी सिग्देलको स्मृति दिवसमा पुस २० गते शुक्रबार विशेष समारोहबीच सो पुरस्कार प्रदान गरिने छ ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गरिने पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले जानकारी दिए।
स्व. सिग्देलले झण्डै चार दशकभन्दा बढी समयसम्म शैक्षिक क्षेत्रको माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएकी थिईन् । उनको स्मृतिमा छोरा शरदकान्त सिग्देल र छोरी शारदा सिग्देल पराजुलीले दुई लाखको अक्षयकोषबाट पुरस्कार स्थापना गरेका हुन् ।
पृथ्वीधर सिग्देल समाजले संचालन गर्दै आएको सो पुरस्कार प्रत्यक दुई वर्षमा शिक्षा तथा समाज सेवामा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिदैं आएको छ ।
यसअघि, सो पुरस्कारबाट शिक्षासेवी बलवीरसिंह नेगी र समाजसेवी गणेशबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०