फोटोग्राफर महासंघ नेपाल गठन

Avatar आदर्श समाज सम्वाददाता
पौष १७, २०७५

पोखरा, १६ पुस ।नेपालभरका फोटोग्राफरहरुको बुटवलमा बृहत भेला सम्पन्न भएको छ ।

भेलाले फोटोग्राफर महासंघ नेपाल गठन गरी महेन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । देशभरबाट प्रतिनिधित्व हुनेगरी पदाधिकारी तथा सदस्यहरुको चयन गरिएको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा श्रीराम कँडेल चितवन, उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल गण्डकी प्रदेश, उपाध्यक्षमा बसन्त जोशी ५ नं प्रदेश, महासचिब भवदेव थापा काठमाडौं, सचिव गणेशकुमार दंगाल दाङ र कोषाध्यक्षमा तुलसीराम सुवेदी गण्डकी प्रदेश छन् । यसैगरी, सदस्यहरुमा गण्डकी प्रदेशबाट नारायणबहादुर केसी पर्वत र रबिनाथ दहाल पोखरा छन ।

प्रदेश नं ५ बाट माधवप्रसाद पन्थ, कमला तिवारी पन्थ, दिनेश अर्याल रामचन्द्र बेलवासे छन भने दाङबाट होमराज भट्टराई छन् ।  त्यसैगरी, चितवनबाट धुव्र सापकोटा, विपिन खतिवडा छन । सुखेर्तबाट केशरबहादुर थापा र झापाबाट लोकेश अधिकारी छन् । बाँकी प्रदेशबाट एक÷एक जना उपाध्यक्ष रहने र अन्य जिल्ला वा प्रदेशबाट चयन गनेर्गरी २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

हाम्रो सुझाव

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की

भरतपोखरीमा ४७ जनाद्वारा रक्तदान

गुणस्तरीय शिक्षा प्रदान गर्न बस सेवा

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की