घरदैलोमै फौजदारी ऐन

आदर्श समाज सम्वाददाता
पौष १७, २०७५

पोखरा, १६ पुस । मुलुकी देवानी तथा फौजदारी संहिता ऐनको विषयमा घरदैलौमा सचेतना गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी देवानी÷फौजदारी संहिता ऐन २०७४ कार्यविधि’ सम्बन्धमा पोखरामा सोमबार शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) गण्डकी प्रदेशद्वारा आयोजित सो गोष्ठीमा वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग पोखराका निदेर्शक दीपकजंग कार्कीले अपराधसंहिता राम्रो रहेको र यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको भएपनि समाजमा अपराध हुन नदिनका लागि सचेत रहनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले नियम कानूनको विषयमा जानकारी नहुँदा फाइदा लिन नसक्ने भएकाले मुलुकी देवानी तथा फौजदारी ऐनको विषयमा जानकारी हुनुपर्ने विषयमा जोड दिए ।रासस

सो संस्था संकल्पका अध्यक्ष सावित्री खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुर्गा न्यौपाने, पार्वती कार्की, सगुन गुरुङ, पत्रकार भीमबहादुर थापा, इन्दिरा पौडेल, सरस्वती हरिजनले महिला हक अधिकारका साथै ऐनको कार्यान्वयनलगायतको विषयमा चर्चा गरेका थिए ।

उक्त गोष्ठीमा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट निर्वाचित महिला सदस्यका साथै महिला अधिकारवादी संस्थाका सदस्यको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width