पोखरा, १६ पुस । फागुनको ९ गतेबाट १७ औं संस्करणको आहा ¤ रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लबस्तरिय आमन्त्रित आहा ¤ रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारासहित ए डिभिजनका क्लबहरु र पूर्व पश्चिमका क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ १७ औं संस्करणको प्रतियोगिता २०७५ साल आगामी फागुनको ९ देखी १८ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो ।
विगत १७ वर्ष देखी निरन्तर संचालन भएको यस प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । पोखरा—१७, दोविल्लामा विगत २०७० सालदेखि उनीहरुलाई सहारा फुटबल एकेडेमी स्थापना गरी आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबलको प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।
‘एकेडेमी संचालनको मुख्य श्रोत नै फुटबल प्रतियोगिता रहेको हुँदा संपूर्ण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेका छौ,’ क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस प्रतियोगितको प्रचार प्रसारको लागि एनटीसी र एनसेलमा रिङ टोनको व्यवस्था गरिएको छ ।’
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।
रेडबुलको सह–प्रायोजक, वेष्ट अफ फाइभ प्रायोजक पृथ्वी राजमार्ग बस संचालक समिति पोखरा, एक्स टेप अफिसियल स्पोर्ट्सवयर, अफिसियल बैंकमा लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स बुद्ध एयर, अफिसियल ड्रिङकिङ वाटर ईको पानी, कोकाकोला, एलजीटीभी, सानमिगल सहयोगी संस्थाका रुपमा रहेको क्लबले जनाएको छ ।
यसका साथै पोखरा महानगरपालिकाको संयोजन, प्रवद्र्धक नेपाल पर्यटन बोर्ड राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलियासमेतको बिशेष सहयोगमा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको क्लबले जनाएको छ ।
पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्ध गराउनु प्रतियोगिताको उद्देश्य रहेको क्लबका महासचिब विश्वराज वरालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९