पोखरा, १६ पुस।पोखरामा आठौं संस्करणको टियु बीबीए फुटबल प्रतियोगिता हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपालभर बीबीए कक्षा संचालन भएका क्याम्पसहरुबीच हुँदै आएको बीबीए कप फुटबल प्रतियोगिता पोखरामा हुन लागेको हो।
जनप्रिय क्याम्पस पोखराद्वारा प्रतियोगिताको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। प्रतियोगिता यही पुसको १८ गतेदेखि लेखनाथको भण्डारढिकस्थित आदर्श खेल मैदानमा हुने भएको हो ।
प्रतियोगितामा जुन क्याम्पस बिजेता बन्यो, त्यही क्याम्पसले यस वर्ष प्रतियोगिता आयोजना गर्नुपर्ने प्रावधानअनुसार जनप्रिय बहुमुखी क्याम्पसले प्रतियोगिता आयोजना गर्ने भएको हो । के एण्ड के इन्टरनेशनल कलेज काठमाण्डौंले आयोजना गरेको गत वर्षको प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस बिजेता बनेको थियो ।
प्रतियोगितामा १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने क्याम्पस प्रमुख बिरञ्जी गौतमले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक ओम डेभलपमेन्ट बैंक रहेको छ। प्रतियोगिताका विजेताले ७५ हजार र उपविजेताले ३५ हजार नगद र ट्रफी पुरस्कार पाउने आयोजक जनप्रिय क्याम्पसले जनाएको छ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख भेषराज बरालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु
टेनिसमा च्याम्पियन
टेनिसमा च्याम्पियन
भानुभक्त आवासीय माविमा खेलकुद
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०