हेमजा, १६ पुस ।पोखरा–१ स्थित टुँडीखेल बजार व्यापारिक समितिको सम्पन्न आठौं साधारणसभा तथा छैठौं अधिवेशनले नारायणहरि बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता पौडेल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा तारापति भण्डारी तथा सदस्यहरुमा मुक्तिराम सुवेदी, गीता दमाई, पवित्रा सुवेदी, शोभाखर पौडेल र विष्णु भण्डारी रहेका छन् ।
त्यस्तै सल्लाहकारमा सुर्य दाहाल, गणेश सुवेदी, शेषमणि बास्तोला, रामप्रसाद देवकोटा, हरीप्रसाद गौतम, नारायण सुवेदी र शान्ताराम लामिछानेलाई छनोट गरेको छ ।
व्यापारी नारायण सुवेदी संयोजक तथा सुर्य दाहाल र शेषमणि बास्तोला सदस्य रहेको निर्वाचन मण्डलले समिति गठन गरेको हो । कार्यक्रममा नारायणप्रसाद सुवेदी, सूर्य दाहाल र नारायणहरि बास्तोलाले व्यापारीको हकहितबारे बोलेका थिए ।
संस्थाका अध्यक्ष गणेशप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सीता पौडेलले स्वागत तथा संचालन सचिव प्रेम अधिकारीले गरेका थिए।
उक्त समितिमा राष्ट्रिय माविको व्यापारिक कम्प्लेक्समा व्यापार व्यवसाय संचालन गर्दै आएका व्यवसायी आवद्घ छन् ।
Related News
सम्बन्धित समाचार
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१