रेडक्रस थुम्की उपशाखा–१६ को साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७५
Redcross Kaski 1,2

पोखरा, १६ पुस । नेपाल रेडक्रस सोसाइटी रुपा गाँउपालिका १ र २ को १६ औं साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका कार्यसमिति सदस्य एवं जुनियर युवा समिति कास्कीका संयोजक विष्णुप्रसाद भण्डारीले समुदायमा हुनसक्ने मानवीय बिपद्लाई न्युनीकरण गर्ने उद्देश्यका साथ रेडक्रसको स्थापना भएको र विश्व समुदायको १९४ राष्ट्रमा यसको संगठन र सञ्जाल भएकाले संसारकै ठूलो मानवीय संस्था भएको वताए । उनले मानवीय बिपद्लाई घटाउन युद्धको पृष्ठभुमीवाट स्थापित रेडक्रस विकास निर्माणमा समुदायसँग सहकार्य गर्दै आएको वताए ।

उपशाखाका सचिव राजन सुबेदीले प्रस्तुत गरेको सभामा कोषाध्यक्ष बिमला खनालले भावी कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सर्वस्ाम्मतिले पारित गरेको थियो । उपशाखाका सभापति तिलक जिसीको अध्यक्षतामा सम्पन्न सभामा कार्यसमिति सदस्य ऋषीराम ओझाले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width