लेखनाथ, १५ पुस । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कास्कीको अर्घौ अर्चलेलाई साहित्यिक गाउँका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा आइतवार कविको जन्मस्थल अघौं अर्चलेमा राखिएको मुल समारोहमा बोल्दै अधिकारीले पोखरालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास गराउँदै यहाँ आउने पर्यटनलाई कविको जन्मस्थलसम्म ल्याउनका लागि यस ठाउँलाई साहित्यिक ग्रामको रुपमा विकास गराउनुपर्ने धारणा राखेका हुन् ।
सहित्यकारले जसरी भाषाको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाएका छन् ।
अव हामीले तिनै राष्ट्रिय बिभुतिको सम्मानमा चिन्तनशील भएर साहित्यिक पर्यटनलाई नेपालमा भित्राउन सक्ने योजनासहित अगाडि वढ्नुपर्ने सुझाव अधिकारीले दिए ।
सोही अवसरमा प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव जगतप्रसाद उपाध्यायले साहित्यलाई माया गनेर्हरुलाई अर्घौ अर्चलेसम्म ल्याउने वातावरण सृजना गर्नका लागि यो ठाउँलाई साहित्यिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गराउनुपर्ने आवश्कता रहेको बिचार राखे ।
कार्यक्रममा कवि पौडेलकी नातिनी डा प्रतिभा पाण्डे, नाती पूर्व गर्भनर डा. विजयनाथ भटराई, साहित्यकार सनतकुमार वस्ती, किरण श्रेष्ठ, सूर्य खड्का ‘विखर्ची’, लेखनाथ नगरपालिका पुर्व मेयर शालिकग्राम पौडेललगायतले कविको सम्झनामा राष्ट्रिय स्तरमा देखिने काम गर्नुपर्ने सुझाव दिए ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सांसद दिपक कोइराला, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, सम्मानित ब्यक्तित्व पत्रकार वसन्तराज अधिकारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, प्रतिभा छनोट समितिका संयोजक डा. सुक्र अधिकारी, लायन्स क्लव अफ लेखनाथका सदस्य शिवप्रसाद लामिछाने, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, साहित्यकार विनय नेपाललगायतले आफनो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९