अर्चलेलाई साहित्यिक ग्राम बनाऔं : अधिकारी

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५

लेखनाथ, १५ पुस । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कास्कीको अर्घौ अर्चलेलाई साहित्यिक गाउँका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा आइतवार कविको जन्मस्थल अघौं अर्चलेमा राखिएको मुल समारोहमा बोल्दै अधिकारीले पोखरालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास गराउँदै यहाँ आउने पर्यटनलाई कविको जन्मस्थलसम्म ल्याउनका लागि यस ठाउँलाई साहित्यिक ग्रामको रुपमा विकास गराउनुपर्ने धारणा राखेका हुन् ।

सहित्यकारले जसरी भाषाको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाएका छन् ।

अव हामीले तिनै राष्ट्रिय बिभुतिको सम्मानमा चिन्तनशील भएर साहित्यिक पर्यटनलाई नेपालमा भित्राउन सक्ने योजनासहित अगाडि वढ्नुपर्ने सुझाव अधिकारीले दिए ।

सोही अवसरमा प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव जगतप्रसाद उपाध्यायले साहित्यलाई माया गनेर्हरुलाई अर्घौ अर्चलेसम्म ल्याउने वातावरण सृजना गर्नका लागि यो ठाउँलाई साहित्यिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गराउनुपर्ने आवश्कता रहेको बिचार राखे ।

कार्यक्रममा कवि पौडेलकी नातिनी डा प्रतिभा पाण्डे, नाती पूर्व गर्भनर डा. विजयनाथ भटराई, साहित्यकार सनतकुमार वस्ती, किरण श्रेष्ठ, सूर्य खड्का ‘विखर्ची’, लेखनाथ नगरपालिका पुर्व मेयर शालिकग्राम पौडेललगायतले कविको सम्झनामा राष्ट्रिय स्तरमा देखिने काम गर्नुपर्ने सुझाव दिए ।

लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सांसद दिपक कोइराला, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, सम्मानित ब्यक्तित्व पत्रकार वसन्तराज अधिकारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, प्रतिभा छनोट समितिका संयोजक डा. सुक्र अधिकारी, लायन्स क्लव अफ लेखनाथका सदस्य शिवप्रसाद लामिछाने, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, साहित्यकार विनय नेपाललगायतले आफनो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width