लेखनाथ, १५ पुस। पोखरामा आइतवार भएको एउटै कार्यर्क्रममा साहित्यकार वसन्तकुमार शर्मा र पत्रकार वसन्तराज अधिकारी सम्मानित भएका छन् ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा ५० हजार राशीको लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपाललाई सम्मान गरिएको थियो। विगत सात दशकदेखि नेपाली भाषा साहित्यमा योगदान पुर्याएकोमा उनी अस्वस्थताका कारण छोरा विनय नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो।
यसैगरी, लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कार २०७५ बाट कान्तिपुर टेलिभिजनका गण्डकी ब्युरो प्रमुख बसन्तराज अधिकारी सम्मानित भएका हुन्। १२ वर्षदेखि पत्रकारिताको क्षेत्रमा अनवरत रुपमा क्रियाशिल अधिकारीले समग्र कास्की जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद ११ हजार १ सय ११ र सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कविको जन्मस्थल अर्घौ अर्चलेमा आइतवार भएको जन्मजयन्ती कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारी, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय र कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार अर्पण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९