गुण र दोष केलाउन उपप्रम पोखरेलको आग्रह

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Vice PM Ishwar Pokhrel

g]kfn kqsf/ dxf;+3 sf7df8f}+ lhNnf zfvfsf] ;fwf/0f ;ef tyf kqsf/ cfrf/;+lxtf l8lh6n ;+jfb sfo{qmdsf] pb3f6g ub}{ k|d’v cltly pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]n . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौँ, १५ पुस। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाको २० औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार संप्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए ।

‘सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्,’ उनले भने, ‘जहाँ जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ । तर, सत्यसित कुनै साइनो नभएका समाचार संप्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।’

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरे ।

मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर संघीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रुपमा नलिन आग्रह गरे । उनले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानून र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह गरे ।

संचार माध्यमलाई सरकार र पार्टी (नेकपा) का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि उनले स्पष्ट पारे । कार्यक्रममा पत्रकार आचारसंहिता र डिजिटल पत्रकारिताबारे छलफल गरिनुका साथै शाखाको साधारणसभाको बन्द सत्र सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width