पोखरा, १५ पुस । समलिङ्गी, तेश्रोलिङ्गीले सरकारले आफूहरुको समस्या समाधानमा सहयोग नगरेको गुनासो गरेका छन् । आइतबार पोखराका पत्रकारसँग कुरा गर्दै उनीहरुले सरकार आफ्ना मुद्दाको पक्षमा सकारात्मक नभएको गुनासो गरे ।
‘जिल्ला प्रशासन जाँदा सजिलोसँग नागरिकता दिँदैनन्,’ उनीहरुले भनेका छन्, ‘विवाह स्विकार्ने त कुरै भएन । हाम्रा मुद्दामा सरकारले महत्व दिएन । अझैपनि चुनौति उस्तै छन् ।’
संविधानमा समलिङ्गी, तेश्रोलिङ्गीको बिषय समेटिएपनि ब्यबहारिक रुपमा कार्यान्वयन नभएको उनीहरु बताउँछन् । ‘थुप्रै संघर्षपछि यो अवस्था आएको हो,’ निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘पहिचानअनुसार केही ब्यक्तिले नागरिकता पाएका छन् । पहिचानको केही अधिकार चाहीँ सुरक्षित गर्यौं । त्यससँग सम्बन्धित अन्य अधिकार अझै प्राप्त भएको छैन ।’
सरकारी काम गर्न कार्यालयमा पुग्दा अनावश्यक प्रश्न गर्ने र मेडिकल रिपोर्टसमेत माग्ने गरेको गुरुङले बताइन् । संविधानमा लिपिबद्ध रुपमा अधिकारका कुरा आएपनि त्यसपछि बन्ने ऐन कानुनमा समलिङ्गी तेश्रोलिङ्गीलाई नसमेटिएको अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन् ।
‘समलिङ्गी, तेश्रोलिङ्गीलाई विकृतिको रुपमा हेर्छन् । नीति बन्दापनि महिला र पुरुषको महल मात्रै राखिन्छन्,’ उनले भनिन्, ‘न रोजगारीमा आरक्षण छ । न पहिचान स्थापित गर्न सहयोग भएको छ ।’
तर, नेपालमा समलिङ्गी, तेश्रोलिङ्गीका अधिकार निकै अगाडि रहेको उनले सुनाइन् । भारत र पाकिस्तानले पनि नेपालकै ब्यबस्था सिको गरेको उनी बताउँछिन् । निलहिरा समाजकै मनिषा ढकालले समलिङ्गी, तेश्रोलिङ्गीका सवालमा नेपाल लिडर देश भएको बताइन् । तर, अधिकारका बिषयमा संविधानभित्र मात्रै सीमित भएको उनको गुनासो छ ।
संविधानमा भएका ब्यवस्था कार्यान्वयनमा नआए अदालतको बाटो रोज्ने उनले बताइन् । नागरिकता, रोजगारी, विवाह, आरक्षण, चुनावी सहभागिता र शिक्षा तथा स्वास्थ्यमा विशेष ब्यवस्था हुनुपर्ने उनीहरुको माग छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले पनि यसबारे प्राथमिकताका साथ समेट्नुपर्ने ढकालले बताइन् ।
Related News
सम्बन्धित समाचार
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०