समलिङ्गी, तेस्रोलिङ्गीको गुनासो ‘सरकारले स्वीकारेन’

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Nil Hira Samaj

पोखरा, १५ पुस । समलिङ्गी, तेश्रोलिङ्गीले सरकारले आफूहरुको समस्या समाधानमा सहयोग नगरेको गुनासो गरेका छन् । आइतबार पोखराका पत्रकारसँग कुरा गर्दै उनीहरुले सरकार आफ्ना मुद्दाको पक्षमा सकारात्मक नभएको गुनासो गरे ।

‘जिल्ला प्रशासन जाँदा सजिलोसँग नागरिकता दिँदैनन्,’ उनीहरुले भनेका छन्, ‘विवाह स्विकार्ने त कुरै भएन । हाम्रा मुद्दामा सरकारले महत्व दिएन । अझैपनि चुनौति उस्तै छन् ।’

संविधानमा समलिङ्गी, तेश्रोलिङ्गीको बिषय समेटिएपनि ब्यबहारिक रुपमा कार्यान्वयन नभएको उनीहरु बताउँछन् । ‘थुप्रै संघर्षपछि यो अवस्था आएको हो,’ निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘पहिचानअनुसार केही ब्यक्तिले नागरिकता पाएका छन् । पहिचानको केही अधिकार चाहीँ सुरक्षित गर्यौं । त्यससँग सम्बन्धित अन्य अधिकार अझै प्राप्त भएको छैन ।’

सरकारी काम गर्न कार्यालयमा पुग्दा अनावश्यक प्रश्न गर्ने र मेडिकल रिपोर्टसमेत माग्ने गरेको गुरुङले बताइन् । संविधानमा लिपिबद्ध रुपमा अधिकारका कुरा आएपनि त्यसपछि बन्ने ऐन कानुनमा समलिङ्गी तेश्रोलिङ्गीलाई नसमेटिएको अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन् ।

‘समलिङ्गी, तेश्रोलिङ्गीलाई विकृतिको रुपमा हेर्छन् । नीति बन्दापनि महिला र पुरुषको महल मात्रै राखिन्छन्,’ उनले भनिन्, ‘न रोजगारीमा आरक्षण छ । न पहिचान स्थापित गर्न सहयोग भएको छ ।’

तर, नेपालमा समलिङ्गी, तेश्रोलिङ्गीका अधिकार निकै अगाडि रहेको उनले सुनाइन् । भारत र पाकिस्तानले पनि नेपालकै ब्यबस्था सिको गरेको उनी बताउँछिन् । निलहिरा समाजकै मनिषा ढकालले समलिङ्गी, तेश्रोलिङ्गीका सवालमा नेपाल लिडर देश भएको बताइन् । तर, अधिकारका बिषयमा संविधानभित्र मात्रै सीमित भएको उनको गुनासो छ ।

संविधानमा भएका ब्यवस्था कार्यान्वयनमा नआए अदालतको बाटो रोज्ने उनले बताइन् । नागरिकता, रोजगारी, विवाह, आरक्षण, चुनावी सहभागिता र शिक्षा तथा स्वास्थ्यमा विशेष ब्यवस्था हुनुपर्ने उनीहरुको माग छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले पनि यसबारे प्राथमिकताका साथ समेट्नुपर्ने ढकालले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width